गड्डाचौकी नाका हुँदै भारततर्फ लागेका रविले भने- जेलमा गरेका भाकल पूरा गर्न जाँदैछु

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गरेका छन् । सभापति लामिछानेले पत्नीसहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा)को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालय सदस्य एवं सांसद दीपकराज बोहराले जानकारी दिए । सभापति रविसँगै पत्नी निकिता पौडेल, प्रतिनिधिसभा सदस्य बोहरा भ्रमण टोलीमा छन् । टोलीलाई गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट भारतीय सुरक्षाकर्मीले सुरक्षा दिएको छ । धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति लामिछानेले असाध्यै व्यक्तिगत भ्रमणका क्रममा भारत जान लागेको बताए । “पहिलेदेखि नै जाउँला भन्ने थियो । यो धार्मिक भ्रमण हो । कुनै राजनीतिक भेटघाट छैन,” उनले भने । “कारागारमा हुँदा गरेको भाकल पुरा गर्न जाँदैछु । मेरो भ्रमणका नाममा कसैलाई पनि खिचडी नपकाउन आग्रह गर्दछु ।”
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

यमन र साउदीमा राजनीतिक समाधान खोज्न राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । ...

सिगारु नाच : हस्तान्तरण हुँदै मौलिक संस्कृति
सिगारु नाचमा सामूहिक सहभागिताको विशेष महत्त्व छ । ...

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
काठमाडौं।साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ। एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज विज्ञप्तिमार्फत् दिवङ्गत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको जनाइएको छ। सो पार्टीले ...

काठमाडौंका सडकमा बढ्न थाल्यो सवारी र पैदलयात्रीको चाप
काठमाडौं । शुक्रबार आज काठमाडौं उपत्यकाकामा सडकमा सवारी चाप बढेको छ। दसैँका लागि उपत्यका बाहिरिएका मानिसहरू फर्किन थालेसँगै सडकमा चहलपहल बढन थालेको हो । अन्य दिनको तुलनामा आज (शुक्रबार) सार्वजनिक सवारीसाधनको चाप बढ्नुका साथै यात्रु र पैदलयात्रीको आवागमन पनि बढेको पाइएको छ । यस वर्ष दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ७६ हजार नाघेको थियो। दसैँ बिदापछि उपत्यकामा मानिसहरूको आवागमन बढ्दै ...


