Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गड्डाचौकी नाकामा ‘अल्फा’ले समात्यो लागुऔषध, युवक नियन्त्रणमा

गड्डाचौकी नाकामा ‘अल्फा’ले समात्यो लागुऔषध, युवक नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
गड्डाचौकी नाकामा ‘अल्फा’ले समात्यो लागुऔषध, युवक नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीको तालिमप्राप्त कुकुर ‘अल्फा’ले मुखभित्र लुकाएर ल्याइएको खैरो हेरोइन फेला पारेको छ। आइतबार भीमदत्त नगरपालिका–१० स्थित भन्सार बेरियलमा चेकजाँच गर्ने क्रममा कैलालीको घोडाघोडी नगरपालिका–६, अस्नेहराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा ०.१६ ग्राम खैरो हेरोइन बरामद भएको हो। सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको टोलीले ‘अल्फा’ नामको तालिमप्राप्त लेब्राडोर कुकुरको सहयोगमा चेकजाँच गर्दा मिजारको मुखभित्र लुकाइएको अवस्थामा लागुऔषध फेला पारेको जनाएको छ। लागुऔषध लुकाएर सीमा नाका पार गर्ने प्रयास गरेको आशंकामा मिजारलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित मिजारलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
ताजा खबरJust now

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास

मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताले डीएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न र रोकथामका उपायलाई थप... ...

रातोपाटी
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
ताजा खबरJust now

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्। आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र... ...

रातोपाटी
एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान
ताजा खबरJust now

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान

कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play