‘खोँइछ’मा लुकेको आस्था

जनकपुरधाम। मिथिला संस्कृतिमा ‘खोँइछ’ को स्थान अत्यन्तै उच्च र भावनात्मक छ। छोरीलाई आमा वा घरका कुनै ज्येष्ठ सदस्यले खोँइछ दिएर बिदाइ गर्दा छोरीका आँखा रसाउँछन्। त्यो प्रेम, ममता र करुणाले भरिएको क्षण हुन्छ। यही भावनासँग जोडिएको छ देवीलाई खोँइछ भर्ने परम्परा, जुन मिथिलामा शताब्दीयौँदेखि चल्दै आएको छ। खोँइछमा धान, चामल, काँचो बेसार, सुपारी, दुबो, मखान, फलफूल र सिन्दूरका साथै सौभाग्यका प्रतीक मानिने चुरा र टीका राखिन्छ। मिथिलामा छोरीलाई बिदाइ गर्दा दिइने खोँइछको भाव एउटै हुन्छ- छोरी जहाँ रहोस्, जस्तो अवस्थामा रहोस्, सुखी रहोस्। यही कामना देवीप्रतिको श्रद्धामा पनि अभिव्यक्त हुन्छ। लोकआस्थाको प्रतीक खोँइछ भर्ने धार्मिक विधि गरिँदै। देवी पनि घरकी छोरी “हाम्रो घरमा देवी केवल भगवान् मात्र होइन, घरकी छोरीजस्तै मानिन्छिन्,” मन्दिर परिसरमा भेटिएकी ३० वर्षीया आकृति कर्ण भन्छिन्। उनका अनुसार जसरी छोरीलाई बिदाइ गर्दा सुख र समृद्धिको कामना गर्दै खोँइछ दिइन्छ, त्यसरी नै परिवारको आरोग्य, सन्तानको दीर्घायु र सम्पूर्ण देशको कल्याणको कामना गर्दै देवी मन्दिर तथा पूजास्थलमा खोँइछ भरिन्छ। आकृतिले बाल्यकालदेखि नै आफ्नी आमासँग देवी मन्दिरहरूमा गएर खोँइछ भर्ने परम्परा देख्दै आएकी छन्। विवाहपछि सासूबाट पनि यही संस्कार सिकेको उनले बताइन्। एक पुस्ताबाट अर्को पुस्तामा सिक्दै र सिकाउँदै यो परम्परा अघि बढिरहेको उनको अनुभव छ। “खोँइछ दिँदा मनमा शान्ति र पारिवारिक कल्याणको भावना जाग्छ। यही विश्वासले यसलाई निरन्तरता दिइरहेकी छु,” उनले भनिन्। खोँइछ भर्ने धार्मिक विधि गरिँदै। खोँइछमा समृद्धिको कामना धार्मिक मान्यताअनुसार खोँइछमा राखिने धान र चामलले अन्नपूर्णा तथा समृद्धिको प्रतिनिधित्व गर्छन्। काँचो बेसार र दुबोले जीवनमा सुख, शान्ति र समृद्धि कहिल्यै नसुकोस् भन्ने कामना व्यक्त गर्छन्। देवीलाई खोँइछ भर्ने दिन जनकपुरधाममा स्थानीय महिलाहरू मात्रै होइन, टाढाटाढाबाट पनि श्रद्धालुहरू आउने गर्छन्। घण्टौँसम्म लामबद्ध भएर पूजा गर्दै देवीलाई खोँइछ अर्पण गरेपछि उनीहरू फेरि घण्टौँको यात्रा तय गर्छन्। लामो प्रतीक्षा र यात्राले थकान दिए पनि उनीहरूको अनुहारमा उल्लास र उमङ्ग देखिन्छ। यो दृश्य मिथिलाञ्चलमा खोँइछ केवल पूजाको विधि नभएर जीवनशैली र संस्कारकै हिस्सा बनेको प्रमाण हो। यस परम्परामा धार्मिक आस्थासँगै परिवारको सुख, सन्तानको कल्याण र समाजको समृद्धिप्रतिको कामना पनि जोडिएको छ। लोकआस्थाको प्रतीक खोँइछ भर्ने धार्मिक विधि गरिँदै। कलामा शक्तिको प्रतिबिम्ब नयाँ पुस्ताले पनि यस परम्परालाई आफ्नै शैलीमा आत्मसात् गरिरहेको छ। उनीहरू पूजाका विधि निष्ठापूर्वक पालना गर्नुका साथै त्यसको धार्मिक र सामाजिक अर्थ बुझ्न पनि उत्सुक देखिन्छन्। मिथिला चित्रकलामा देवीको पूजा र शक्तिका विभिन्न स्वरूपको प्रभाव स्पष्ट देखिन्छ। घरका भित्ता तथा कोहबरमा बनाइने चित्र र आँगनमा कोरिने अरिपनमा दुर्गा, काली, कमलको फूलमार्फत लक्ष्मी तथा प्रकृतिमा विद्यमान ऊर्जालाई चित्रण गरिन्छ। मैथिल परिवारहरूमा शक्तिका विभिन्न स्वरूपको स्थापना गरी दैनिक पूजा गर्ने परम्पराले पनि यस संस्कृतिमा देवीप्रतिको आस्थाको गहिराइ देखाउँछ। खोँइछ भर्ने धार्मिक विधि गरिँदै। यसरी मिथिलाको धार्मिक अभ्यास, लोकसंस्कार र कलामा शक्तिको आराधना विभिन्न रूपमा अभिव्यक्त हुँदै आएको छ। खोँइछ भर्ने परम्परा पनि यही सांस्कृतिक निरन्तरताको एउटा महत्त्वपूर्ण अङ्ग हो। लोकआस्थाको आफ्नै विधि साहित्यकार परमेश्वर कापडीका अनुसार मिथिलामा पूजापद्धति मुख्यतः दुई किसिमका छन्। एउटा वैदिक, जुन वेद र कर्मकाण्डमा आधारित हुन्छ। यस्तो विधि शास्त्रअनुकूल हुनुपर्छ। अर्को लौकिक, जुन परम्पराअनुसार चल्दै आएको र लोकआस्थामा आधारित हुन्छ। कापडीका अनुसार खोँइछ भर्ने परम्परा पनि लोकआस्थामा आधारित पूजापद्धतिकै एउटा रूप हो। देवी पूजाका लागि सजाइएका मूर्ति। यस परम्परामा धार्मिक विश्वाससँगै पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सांस्कृतिक पहिचान गाँसिएका छन्। छोरीलाई सुखी जीवनको कामना गर्दै दिइने खोँइछ र देवीलाई श्रद्धापूर्वक अर्पण गरिने खोँइछको भाव एउटै छ- सबैको जीवन सुखी, समृद्ध र कल्याणकारी बनोस्। यही भावनाले मिथिलाको यो परम्परालाई पुस्तौँदेखि जीवन्त राखेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

टाइगर श्राफ लक्षित गोलीप्रहार : जुहुमा साताअघि नै भएको थियो रेकी
मुम्बई । मुम्बईको जुहुस्थित फुटबल मैदानबाहिर आइतबार बलिउड अभिनेता टाइगर श्राफमाथि गोलीप्रहार गर्ने तीन जना पुरुष एक साताअघि अक्टोबर ११ मा पनि सोही स्थानमा आएर केही समय घुमेको पाइएको छ। सीसीटीभी... ...

घटस्थापनादेखि आजसम्म कतिले छाडे काठमाडौँ उपत्यका ?
काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी... ...

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको... ...

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ को अवसरमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको पूजाअर्चना गर्ने परम्परा छ। सोही परम्परा अनुसार राष्ट्रपति पौडेलले... ...


