खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम : मुख्यमन्त्री

काठमाडौं।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गरे। खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,” उनले सन्देशमा भनेका छन्। खेलकुद युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने उनले विश्वास व्यक्त गरे। एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा गर्दै उनले सन्देशमा, “खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्”, भनेका छन्। प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट संघ (क्यान), कमेन्टेटर तथा क्रिकेटप्रेमीलाई उनले शुभकामना व्यक्त गरेका छन्। नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन र अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले योगदान पुर्याउने अपेक्षा गरिएको सन्देशमा उल्लेख छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

देशभर २३ वटा विपद्का घटनामा ६ जनाको मृत्यु
काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता हुनुका साथै दस जना घाइते... ...

सहकार्य नटुटे स्थानीय चुनावपछि एमाले र नेकपाबिच पार्टी एकता हुने !
काठमाडौँ । गत वर्षको जेनजी आन्दोलनपछि आफ्ना केही सामान्य नीति र बुढ्यौलो नेतृत्व परिवर्तन गरेर नेपाली कांगे्रसले आफूलाई ‘अपडेट’ गर्दा सहयात्री दल एमाले र नेकपा भने पुरानै नेतृत्वलाई अघि सारेर... ...

लागुऔषध बेच्ने युवती पक्राउ
जानु पाण्डेकपिलवस्तु, कात्तिक ९ गते । कपिलवस्तुको शिवराज नगरपालिकामा ब्राउन सुगरसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिका–२ हल्लानगर बस्ने २३ वर्षीया अस्मिता बोहोराको... ...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) पदमा नियुक्ति तथा सुविधा प्राप्त गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनले ...


