खुकुरी प्रहारबाट श्रीमतीसहित चार जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति खुकुरी प्रहार गर्दा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ । घाइतेमध्ये अञ्जना, सेवन्ता र टेमिनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । नरेन्द्रको अवस्था भने सामान्य रहेको जनाइएको छ । खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिपट्टि तथा हातमा चोट लागेको छ । नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । पीडित परिवारले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरिएको आरोप लगाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घरायसी विवादपछि खुकुरी प्रहार स्थानीयका अनुसार श्रीमतीसँग घरायसी विषयमा सामान्य विवाद भएपछि नइन्द्रकुमारले ससुराली घरमा खुकुरी प्रहार गरेका थिए । नेपाली सेनामा कार्यरत उनी दसैँ मनाउन घर आएको जनाइएको छ । रातिको समयमा घरभित्र सुतिरहेका अवस्थामा अन्धाधुन्ध खुकुरी प्रहार भएपछि गाउँमा त्रास फैलिएको स्थानीयले बताएका छन् । घटनाबारे करिब १५ मिनेटपछि जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारको टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा आरोपित फरार रहे पनि खोजतलासका क्रममा उनलाई राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

सरकारी कर्मचारीलाई सवारी किन्न ६० लाखसम्म ऋण दिने सरकारको तयारी
काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिद गर्न ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । सरकारले तयार गरिरहेको ‘सरकारी कर्मचारीहरूका लागि सवारीसाधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । प्रस्तावित निर्देशिकाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपांग्रे सवारीसाधन किन्न ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । सहसचिव वा ११औँ […] ...

सामान्य विवादले उग्र रूप लिँदा दाजुद्वारा भाइलाई छुरा प्रहार
• झापाको भद्रपुरमा दाजुले भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। • विवादको क्रममा ३० वर्षीय बाबुलाल हस्दालाई छुरा प्रहार गरिएको र उनको उपचार भद्रपुरको प्रादेशिक अस्पतालमा भइरहेको छ। • प्रहरीले घटनास्थलबाट छुरा बरामद गरी फरार रहेका दाजु कुबराजलाई नियन्त्रणमा लिएको छ। ...

पशुबाट सर्ने ‘शामोन्डा भाइरस’ मानिसमा पहिलोपटक पुष्टि : के हो यो भाइरस र कति छ जोखिम ?
पेरिस । फ्रान्समा बिहीबार मानिसमा ‘शामोन्डा भाइरस’ सङ्क्रमणको पहिलो घटना पुष्टि भएको छ। सङ्क्रमित बिरामीको मृत्यु भइसकेको भए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसलाई अहिलेसम्मको एउटा मात्र छुट्टै घटना मान्दै... ...

आज कोजाग्रत पूर्णिमा, दसैं समापन हुँदै
गोरखापत्र अनलाइनकाठमाडौँ, कात्तिक ९ गते । नेपालीको महान् चाड विजयादशमी कोजाग्रत पूर्णिमासँगै सोमबार समापन भएको छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सम्पूर्ण पूज... ...


