काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतारलगायत खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप ठूला सैन्य आक्रमण नगरेको बताएका छन्। ह्वाइट हाउसमा स्टीफन ए स्मिथसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले क्षेत्रीय सहयोगी राष्ट्रहरूको अनुरोधका कारण हाल इरानमाथि आर्थिक तथा सैन्य दबाब कायम राख्ने नीति अपनाइएको स्पष्ट पारे। ट्रम्पका अनुसार साउदी अरेबियाले केही समयका लागि अहिलेको अवस्था कायम राख्न आग्रह गरेको थियो। साथै, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स र बहराइनले पनि हालको रणनीतिलाई निरन्तरता दिन समर्थन गरेको उनले बताए। खाडी राष्ट्रहरूको आग्रह नभएको भए इरानमाथि थप आक्रमण गर्ने थिए कि भन्ने प्रश्नमा ट्रम्पले ‘हो, म गर्थें’ भन्दै जवाफ दिए। अमेरिकी राष्ट्रपतिले चाहेको खण्डमा अमेरिकाले युद्ध तत्काल अन्त्य गर्न सक्ने दाबी गरे। उनले अमेरिकी सेनाले अहिलेसम्म इरानको ऊर्जा पूर्वाधार र पुलहरूमा ठूलो क्षति नपुर्याएको उल्लेख गर्दै आवश्यक परेको खण्डमा तीन दिनभित्र इरानको ऊर्जा आपूर्ति, पुल र उत्पादन क्षमतालाई ध्वस्त पार्न सक्ने चेतावनी दिए। यसैबीच, युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दा मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई राजनीतिक क्षति पुगेको ट्रम्पले स्वीकार गरेका छन्। यद्यपि, उनले इरानमाथि सैन्य कारबाही गर्ने आफ्नो निर्णयको बचाउ गरे। उपराष्ट्रपति जेडी भान्सले इरानका सुरक्षा प्रमुखसँग प्रत्यक्ष वार्ता गर्ने सम्भावनाबारे चर्चा चलिरहेका बेला ट्रम्पले आवश्यक परे तत्काल नयाँ आक्रमण गर्न सकिने संकेत गरेका छन्।
खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आक्रमण रोकेँ : ट्रम्प

Read Complete Original Article
Published originally on नेपालन्युज






