काठमाडौं । खसीको मासु भन्दै बाख्री र पाठीको मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–२८ टुकुचास्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले बिहीबार अनुगमन गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी टोलीले जाँच गर्ने क्रममा ५ सय ६७ किलो बाख्रीको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको हो । प्रहरीले बा ५६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित आठ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा, काभ्रेका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेका २५ वर्षीय दिनेश महत रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






