जुम्ला । झारफुक गरेर बिरामी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका एक व्यक्ति पक्राउ परेका छन् । जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो । उनले सोही स्थानकी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरेर निको पार्ने भन्दै गतिविधि गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियो भाइरल भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गरेको थियो । सोही क्रममा मंसिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले कालीबहादुरलाई आफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झारफुकको भिडियो भाइरल भएपछि ४६ वर्षीय कालीबहादुर पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






