Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

चीनका कम्पनीमा एआइबाट काम लिनेक्रम बढ्दो,दक्षता बढे पनि रोजगारीबारे चिन्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनका कम्पनीमा एआइबाट काम लिनेक्रम बढ्दो,दक्षता बढे पनि रोजगारीबारे चिन्ता
Photo / Coverage: टक्सार

बेइजिङ । चीनका उद्योग तथा व्यवसायिक कम्पनीहरूमा अहिले एआई (कृत्रिम बुद्धिमत्ता) आधारित डिजिटल कामदारको प्रयोग तीव्र रूपमा बढिरहेको चिनियाँ समाचार संस्था सिन्व्हाले जनाएको छ । उत्पादन व्यवस्थापन, ग्राहक सेवा, बजार विश्लेषणदेखि व्यवसाय सञ्चालनका विभिन्न काममा एआईले भूमिका बढाउँदै लगेपछि कम्पनीहरूको दक्षता बढेको छ । तर यसले रोजगारीमा पार्न सक्ने असरबारे भने बहस पनि सुरु भएको । दूरसञ्चार उपकरण निर्माता जेडटिइले नानजिङस्थित आफ्नो कारखानामा ८० भन्दा बढी एआई कामदार प्रयोग गरिरहेको छ । यी डिजिटल सहायकहरूले कुन सामग्री कहिले र कहाँ पुर्‍याउने भन्ने निर्णय स्वतः गर्छन् । कम्पनीका अनुसार एआईको प्रयोगपछि सामग्री व्यवस्थापनमा लाग्ने समय र दूरी उल्लेखनीय रूपमा घटेको छ । त्यस्तै, हाङझाउका २९ वर्षीय उद्यमी झाङ छेन्चाओले करिब ८० एआई सहायकको मद्दतमा बेसबल क्याप बिक्री गर्ने अन्तर्राष्ट्रिय अनलाइन व्यवसाय सुरु गरेका छन् र उत्पादन छनोट, डिजाइन, ग्राहक खोज्ने र सामान पठाउनेसम्मका काममा एआई प्रयोग गरेर उनले दुई महिनामै व्यवसाय सञ्चालनमा ल्याएका हुन् । डेरी कम्पनी मेङनिउमा पनि एआईले गाईभैँसीका रोग पहिचान गर्न सहयोग गरिरहेको छ । यसअघि एउटा फार्मको रोगको प्रारम्भिक मूल्याङ्कन गर्न डेढ दिन लाग्ने गरेकामा अहिले करिब दुई घण्टामै नतिजा दिन सकिने कम्पनीले जनाएको छ । अनुसन्धान संस्था शाछिउ थिङ्क ट्याङ्कका अनुसार सन् २०२४ को अन्त्यमा १७.३ प्रतिशत रहेको एआई प्रयोग गर्ने चिनियाँ कम्पनीको हिस्सा सन् २०२६ को पहिलो छ महिनामै ४०.३ प्रतिशत पुगेको छ । दीपसिक, झिपु र मिनिम्याक्सजस्ता चिनियाँ एआई कम्पनीहरूले विकास गरेका नयाँ प्रविधिले यसको प्रयोगलाई थप गति दिएको छ । यद्यपि एआईको प्रयोग बढे पनि त्यसबाट अपेक्षित आर्थिक प्रतिफल सबै कम्पनीले पाउन नसकेको कम्पनीले जनाएको छ । केपिएमजीको २०२६ प्रतिवेदन अनुसार एआई अपनाएका ८८ प्रतिशत संस्थामध्ये केवल २४ प्रतिशतले मात्र लगानीअनुसारको प्रतिफल प्राप्त गरेको बताएका छन् । विज्ञहरूका अनुसार नियमित र दोहोरिने प्रकृतिका काममा एआईको भूमिका बढ्दै जाँदा केही रोजगारी जोखिममा पर्न सक्छन् । तर नयाँ प्रविधिसँग काम गर्न सक्ने सीपयुक्त जनशक्तिको माग भने बढ्ने अपेक्षा गरिएको छ । चीनले सन् २०३० सम्म एआईको प्रयोगलाई थप व्यापक बनाउने लक्ष्य राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अर्थ–राजनीतिको चिरफार गर्ने पुस्तक ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’
Latest NewsJust now

अर्थ–राजनीतिको चिरफार गर्ने पुस्तक ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’

नेपाली समाज आज इतिहासकै सर्वाधिक जटिल राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्क्रमणको चौबाटोमा उभिएको छ । राणाशासनको अन्त्यदेखि पञ्चायती निरङ्कुशताको विघटन, जनयुद्ध, दोस्रो जनआन्दोलन र ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ को स्थापनासम्म... ...

रातोपाटी
एक रातमै एक हजार २०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी
Latest NewsJust now

एक रातमै एक हजार २०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी

रुसका अनुसार शुक्रबार एकै रात युक्रेनले १ हजार २ सयभन्दा धेरै ड्रोन आक्रमण गरेको थियो । सयौं ड्रोनहरु मस्को क्षेत्रतर्फ लक्षित थिए ...

कान्तिपुर
डोल्पाका विद्यार्थीलाई मेडिकल अध्ययनका लागि सुनील शर्माले गरे एक करोड १४ लाखको छात्रवृत्ति घोषणा
Latest NewsJust now

डोल्पाका विद्यार्थीलाई मेडिकल अध्ययनका लागि सुनील शर्माले गरे एक करोड १४ लाखको छात्रवृत्ति घोषणा

नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन्। डा शर्माले डोल्पाबाट एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी), काठमाडौं र नो... ...

नेपालखबर
१०औँ राष्ट्रिय खेलकुद प्रधानमन्त्रीले उद्घाटन गर्ने
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद प्रधानमन्त्रीले उद्घाटन गर्ने

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने भएका छन् । मङ्सिर १६ गते बिहान १० बजे प्रधानमन्त्री शाहबाट सो प्रतियोगिताको उद्घाटन हुने भएको हो । ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement