Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

क्रिकेटर डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्रिकेटर डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । काठमाडौंको नयाँबजारस्थित होटल जी रामायणमा बुधबार आयोजित कार्यक्रममा अभिवादन एक्सपिडिसन होलिडेज र डा. पाण्डेबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा. उमेश गुप्ता र डा. ईशान पाण्डेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सञ्चारकर्मी तथा अतिथिहरूको उपस्थिति थियो । ब्रान्ड एम्बेसडरका रूपमा डा. पाण्डेले कम्पनीका ब्रान्ड अभियान तथा प्रचारात्मक गतिविधिमा प्रतिनिधित्व गर्नेछन् । नेपाली क्रिकेट र नेपालको पर्यटन क्षेत्रलाई एकसाथ प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी गरिएको कम्पनीले जनाएको छ । अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा. उमेश गुप्ताले कम्पनीले २७ वर्षभन्दा लामो समयदेखि नेपाल तथा क्षेत्रका विभिन्न गन्तव्यमा पर्यटकलाई सेवा दिँदै आएको बताए । उनले डा. पाण्डेको अनुशासन, ऊर्जा र राष्ट्रिय पहिचानले कम्पनीको ब्रान्डलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । त्यस्तै, डा. ईशान पाण्डेले अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर बन्न पाउँदा खुसी लागेको बताए । नेपालमा पर्यटकका लागि धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले नेपालको पर्यटनलाई विश्वभर चिनाउन सहयोग गर्ने बताए । काठमाडौंमा मुख्यालय रहेको अभिवादन एक्सपिडिसन होलिडेजले नेपाल, भुटान र बंगलादेशमा पर्यटनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी मंसिर १० मा विवाह गर्दै
Latest NewsJust now

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी मंसिर १० मा विवाह गर्दै

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन्। ढकालले विवाह गर्न लागेको कुरा स्वीकार गरेका छन्। उनको तयारीअनुसार मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापा जाने कार्यक्रम छ। विवाह समारोह […] ...

काठमाण्डुपाटी
बीएण्डसीले पायो, मनमोहनले पाएन : सर्वोच्चले किन गर्‍यो फरक व्याख्या ?
Latest NewsJust now

बीएण्डसीले पायो, मनमोहनले पाएन : सर्वोच्चले किन गर्‍यो फरक व्याख्या ?

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एमबीबीएस कार्यक्रमको सम्बन्धन पाउनुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको आशयपत्र नवीकरणसम्बन्धी व्यवस्था खारेज हुनुपर्ने माग गर्दै दायर... ...

रातोपाटी
काठमाडौंको कसिलो बलिङसामु चितवनको कमजोर सुरुआत
Latest NewsJust now

काठमाडौंको कसिलो बलिङसामु चितवनको कमजोर सुरुआत

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले सुरुआतमै दुई विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ६.१ ओभरमा दुई विकेट गुमाएर ४० रन बनाएको छ । चितवनका लागि कमिल मिशारा १२ बलमा १९ रन बनाएर क्रिजमा छन् । उनले दुई छक्का प्रहार गरेका छन् । रवि ...

केन्द्रबिन्दु
आनी छोइङ डोल्मा र सदस्य सचिव पाण्डेद्वारा पदभार ग्रहण
Latest NewsJust now

आनी छोइङ डोल्मा र सदस्य सचिव पाण्डेद्वारा पदभार ग्रहण

बुटवल । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गरेकी छिन् । सरकारबाट नियुक्त भएको केही हप्तापछि बुधबार लुम्बिनी पुगेर उनले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेकी हुन् । गायिका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play