क्रसरको पानी पोखरीमा डुबेर सुनकाेसीमा आमाछोरीको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी पोखरीमा नुहाइरहेका बेला बालिका खेल्ने क्रममा डुबेकी थिइन्। छोरी पोखरीमा डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी थिइन्। घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दशैं मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि परिवार तथा स्थानीयवासी शोकमा परेका छन्। घटनाले गाउँमा शोक छाएको छ। घटनाबारे क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान गरिरहेको सिन्धुली प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी
संघर्ष समितिका राजकुमार यादव भन्छन्, ‘आनीको नियुक्ति बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाको भावना, चाहना र स्वाभिमानमाथिको आघात हो ।’ ...

ऐश्वर्यालाई छोएपछि निर्देशकको गाली खाएका थिए सलमानले
सलमान खान र ऐश्वर्या रायबीचको प्रेमकथा बलिउडका सदाबहार किस्सा बनेको छ । यो किस्सा चाहिँ ‘हम दिल दे चुके सनम’को छायाङ्कनको हो । फिल्ममा सलमान र ऐश्वर्या रायले स्क्रिन सेयर गरेका थिए । त्यसबेला दुवैको अनस्क्रिन केमेस्ट्री पनि दर्शकले औधी रुचाउँथे । यसले फिल्ममेकरलाई फाइदै हुन्थ्यो । त्यसदिन ‘हम दिल दे चुके सनम’को एउटा गीतको… ...

दशैंको टीकालगत्तै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा बढे पर्यटक
सौराहा, पटिहानी, मेघौली लगायतका क्षेत्रका ठूला होटल, रेष्टुरेन्टहरूमा पर्यटकहरुको संख्या पछिल्लो दुई दिन यता निकै बढेको व्यवसायीहरुले जनाएका छन् । ...

‘एलियन’ र ‘टप गन’का दिग्गजअभिनेता टम स्केरिटको निधन
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन… ...


