Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/क्युबामाथिको अमेरिकी नाकाबन्दी हटाउन चीनको माग

क्युबामाथिको अमेरिकी नाकाबन्दी हटाउन चीनको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्युबामाथिको अमेरिकी नाकाबन्दी हटाउन चीनको माग

काठमाडौं । चीनले क्युबामाथिको अमेरिकी आर्थिक नाकाबन्दी तत्काल हटाउन माग गरेको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कोंगले मंगलबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै अमेरिकाले क्युबामाथि दिइरहेको दबाब र नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ‘क्युबाविरुद्ध अमेरिकाले लादेको आर्थिक, व्यावसायिक तथा वित्तीय नाकाबन्दी अन्त्य गर्ने आवश्यकता’ शीर्षकको कार्यसूचीमाथि छलफल हुँदा फुले यस्तो धारणा राखेका हुन् । फुले यस कार्यसूचीअन्तर्गत क्युबाद्वारा प्रस्तुत मस्यौदा प्रस्तावको पक्षमा चीनले मतदान गर्ने बताएका छन् । अमेरिकाले क्युबामाथि लगाएको यो गैरकानूनी आर्थिक नाकाबन्दी र एकपक्षीय प्रतिबन्ध ६४ वर्षदेखि जारी रहेको र हाल आएर झन् कडा पारिएको फुले बताए । संयुक्त राष्ट्रसंघीय महासभाले अमेरिकाले क्युबामाथि लगाएको नाकाबन्दी अन्त्य गर्ने प्रस्तावमाथि ३४ वर्षदेखि लगातार छलफल गर्दै आए पनि यस विषय कार्यान्वयनमा आउन सकेको छैन । चिनियाँ प्रतिनिधिले यस्तो अवस्थाका कारण क्युवाका जनताले गम्भीर पीडा भोग्नुपरेको र यसका बाबजुद पनि उनीहरुले प्रतिरोध जारी राखेको बताए । फुले यी घटनाक्रमले अमेरिकाका प्रभुत्ववादी र गुन्डागर्दीपूर्ण व्यवहारलाई समेत उजागर गरेको आरोप फुले लगाए । यी कदम राष्ट्रसंघीय बडापत्रको उद्देश्य र सिद्धान्तविपरीत हुनुका साथै अन्तर्राष्ट्रिय नियम र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूमाथिको ठाडो प्रहार भएको उनको ठहर छ । फुले क्युबाको भविष्य र भाग्यको फैसला गर्ने अधिकार त्यहाँका जनतालाई मात्र भएको प्रस्ट पारे । ‘कसैलाई पनि अन्य देशमाथि प्रतिबन्ध लगाउने, उनीहरुका इच्छा र विकासको बाटो रोक्ने अधिकार छैन,’ उनले भने । चीनले क्युबाको राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासको अधिकारको रक्षा गर्ने न्यायपूर्ण कार्यलाई दृढतापूर्वक समर्थन गरिरहने प्रतिबद्धता फुले व्यक्त गरे। स्वतन्त्रता र विकासका निम्ति चालिने सबै न्यायपूर्ण प्रयासहरूप्रति चीन सधैं अडिग रहने उनले बताए । ग्लोबल टाइम्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
ताजा खबरJust now

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद

रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका... ...

रातोपाटी
‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै
ताजा खबरJust now

‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै

काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली... ...

रातोपाटी
बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
ताजा खबरJust now

बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play