क्यालिफोर्नियाका लाखौँ विद्यार्थीको विवरण ह्याकरले चोरेको राज्यको शिक्षा विभागको भनाइ

क्यालिफोर्नियाको शिक्षा विभागले शुक्रबार एक ह्याकरले राज्यसँग काम गर्ने गैरनाफामूलक संस्थाको प्रणालीमा कमजोरीको फाइदा उठाउँदै लाखौँ विद्यार्थीको विवरणमा पहुँच बनाएको जनाएको छ। ह्याकरले विद्यार्थीको नाम, जन्ममिति, ठेगाना र अपाङ्गतासम्बन्धी अवस्थालगायत विवरणमा पहुँच बनाएको विभागले बताएको छ। विभागका अनुसार ह्याकरले अघिल्ला तीन शैक्षिक वर्षमा भर्ना भएका सबै विद्यार्थीको विवरणमा पहुँच बनाएको थियो। विभागका अनुसार सन् २०२५–२०२६ शैक्षिक वर्षमा क्यालिफोर्नियामा ५७ लाखभन्दा बढी विद्यार्थी भर्ना भएका थिए। रोयटर्सका अनुसार गैरनाफामूलक संस्था एजुकेसनल टेस्टिङ सर्भिसले शुक्रबारदेखि विद्यार्थी र उनीहरूका परिवारलाई विवरण चुहिएको घटनाबारे जानकारी दिन थालेको शिक्षा विभागले जनाएको छ। गत महिनाको अन्त्यतिर पहिचान गरिएको यो घटना मे महिनादेखि नै भइरहेको पाइएको थियो। क्यालिफोर्नियाको शिक्षा विभागका अनुसार उक्त संस्थाले सेप्टेम्बर २५ मा सुरक्षित फाइल स्थानान्तरण प्रणालीसँग सम्बन्धित अनधिकृत पहुँच पहिचान गरी अनुसन्धान सुरु गरेको थियो। विभागले भनेको छ, “अनुसन्धानबाट अनधिकृत व्यक्तिले चोरी भएको लगइन विवरण प्रयोग गरी सन् २०२६ को मे २२ देखि सेप्टेम्बर १८ सम्म विभिन्न समयमा उक्त प्रणालीमा पहुँच बनाएर क्यालिफोर्नियाका विद्यार्थीको विवरण भएका फाइलहरू प्रतिलिपि गरेको पाइएको छ।” अहिलेसम्म चोरी भएको कुनै पनि विवरण सार्वजनिक भएको प्रमाण नभेटिएको एजुकेसनल टेस्टिङ सर्भिसले जनाएको शिक्षा विभागले बताएको छ। विभागका अनुसार ह्याकरले सामाजिक सुरक्षा नम्बर र संवेदनशील वित्तीय विवरणमा भने पहुँच बनाएको थिएन। क्यालिफोर्नियाको शिक्षा विभागले अक्टोबर २ मा काउन्टी र जिल्लाका विद्यालय अधिकारीहरूलाई पठाएको पत्रमा उक्त परीक्षण संस्थाले नियमित भर्ना विवरण प्रशोधन गर्ने काम रोकेको जनाएको थियो। विभागले भनेको छ, “प्रभावित मूल्याङ्कनसम्बन्धी गतिविधि समयमै पुनः सुरु गर्न र काममा पर्ने अवरोध कम गर्न शिक्षा विभाग सक्रिय रूपमा काम गरिरहेको छ।” क्यालिफोर्नियामा एजुकेसनल टेस्टिङ सर्भिसले अंग्रेजी भाषाको दक्षता मापन गर्ने परीक्षणसहित राज्यव्यापी मूल्याङ्कन कार्यक्रम सञ्चालन गर्छ। एजुकेसनल टेस्टिङ सर्भिसले वक्तव्यमा भनेको छ, “हामीले थप निगरानी, पहुँच नियन्त्रणलाई बलियो बनाउने र हाम्रो सुरक्षा अभ्यासको तेस्रो पक्षबाट थप समीक्षा गर्नेलगायत अतिरिक्त सुरक्षा उपाय लागू गरेका छौँ। हामीले सेवा प्रदान गर्ने विद्यार्थी, परिवार र शिक्षकको हित तथा विश्वभरका ग्राहक र साझेदारका लागि सञ्चालन गर्ने मूल्याङ्कन कार्यक्रमको सुरक्षा गर्नु हाम्रो प्राथमिकता हो।” The post क्यालिफोर्नियाका लाखौँ विद्यार्थीको विवरण ह्याकरले चोरेको राज्यको शिक्षा विभागको भनाइ appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

इलन मस्कले अर्को वर्ष अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको एक सेयर दिने घोषणा
स्पेसएक्सका सीईओ इलन मस्कले अर्को वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई कम्पनीको आफ्नो एउटा सेयर दिने सोमबार घोषणा गरेका छन्। अगस्टमा एसईसीमा बुझाइएको विवरण अनुसार, हाल मस्कसँग स्पेसएक्सका करिब ४.८ अर्ब सेयरहरू छन्। यदि ‘अनभेस्टेड अवार्ड’ (अझै हस्तान्तरण नभएका सेयरहरू) र ‘स्टक अप्सन’ हरूलाई पनि जोड्ने हो भने यो संख्या ६.४ अर्ब पुग्छ, जुन कम्पनीमा ४८.४ प्रतिशतको आर्थिक हिस्सेदारी बराबर हुन आउँछ। आधिकारिक जनगणना ...

डिगो एपमा आयो नेपाली फिल्म ‘लालीबजार’, अब विश्वभरबाट हेर्न सकिने
२ कात्तिक, काठमाडौं। आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व दर्शाउने नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्म डिगो (Digo) एपमार्फत विश्वभर एकसाथ रिलिज भएको छ। षट्कोण आर्ट्सको निर्माण र यम थापाको निर्देशन रहेको यस फिल्ममा स्वस्तिमा खड्का र रविन्द्रसिंह बानियाँलगायतका कलाकारको मुख्य अभिनय छ। नेपालसहित विदेशमा रहेका Nepalese दर्शकहरूका लागि उपलब्ध यो फिल्म अब डिगो एपमार्फत […] The post डिगो एपमा ...

दुबई प्रहरीले आफ्नो टोलीमा थप्यो ९२० हर्सपावरको हाइब्रिड ल्याम्बोर्गिनी
दुबई प्रहरीले ९२० अश्वशक्ति उत्पादन गर्ने हाइब्रिड सुपरकार ल्याम्बोर्गिनी टेमेरारियो आफ्नो विलासी गाडीको टोलीमा थपेको छ। नयाँ मोडललाई प्रहरीको पहिचान झल्काउने सेतो र हरियो रङमा सजाइएको छ। यसमा अंग्रेजी र अरबी भाषामा आधिकारिक लेखाइ पनि राखिएको छ। ल्याम्बोर्गिनी टेमेरारियोमा दुईवटा टर्बो भएको ४.० लिटरको भी८ इन्जिन र तीनवटा विद्युतीय मोटर छन्। यी सबैले मिलेर कुल ९०० न्युटन मिटर टर्क उत्पादन गर्छन्। यद्यपि, यो ...


