कौशलटार चोकमा बसबाट धुवाँ निस्किएपछि भागाभाग, ५० भन्दा बढी यात्रु थिए सवार

काठमाडौं । काठमाडौंको भक्तपुरतर्फ आइरहेको यात्रुवाहक बसबाट अचानक धुवाँको मुस्लो निस्किएपछि यात्रुहरूको उद्धार गरिएको छ। मंगलबार बिहान करिब ११ बजे ७ नम्बर रुटमा चल्ने बा ३ ख ९६६३ नम्बरको बसबाट धुवाँ निस्किएको हो। बसबाट निस्किएको बाक्लो धुवाँले भक्तपुरको कौशलटार चोक ढाकेपछि बसमा आगलागी भएको आशंका गरिएको थियो। तर, बसको वायरिङ सर्ट हुँदा धुवाँ निस्किएको र आगलागी नभएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी पूर्णेश्वर कुशवाहाले बताएका छन्। जिल्ला प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार थिए। उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी गन्तव्यतर्फ पठाइएको उनले जानकारी दिए। थापाका अनुसार बसको क्लच प्लेटबाट धुवाँ निस्किएको थियो। घटनामा कुनै मानवीय तथा भौतिक क्षति नभएको उनले बताए। यात्रुवाहक बसमा आगलागी भएको भन्ने हल्ला मात्र रहेको र घटना सामान्य प्राविधिक समस्याका कारण भएको प्रहरीले स्पष्ट पारेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

व्यावसायिक नवप्रवर्तनले अन्तरिक्ष क्षेत्रको स्वरूप बदल्दै, भारतको अन्तरिक्ष उद्योग तीव्र विस्तारमा
प्रणाली र व्यावसायिक अन्तरिक्ष नवप्रवर्तनको उदय ...

अमेरिकी मध्यावधि निर्वाचन : विज्ञापनमै १२ अर्ब डलर खर्च हुने प्रक्षेपण
• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ, जसमा कङ्ग्रेसका दुवै सदन र ३६ राज्यका गभर्नरका लागि निर्वाचन हुनेछ। • मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन्, जबकि ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर ३२ देखि ४१ प्रतिशत बीचमा छ। • यस निर्वाचन चक्रमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने ...

धनकुटामा ९२ वर्षीया वृद्धाको जलेर मृत्यु
धनकुटाको सागुरीगढी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। सागुरीगढी गाउँपालिका–६ मुक्तेनकी ९२ वर्षीया पबि माया मगरको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरीका अनुसार आफ्नै आँगनको चुलोमा खोले पकाएर आगो ताप्ने क्रममा उनले ओढेको बर्कोबाट अचानक आगो सल्किएको थियो। आगोबाट कम्मरभन्दा मुनिक... ...

साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
काठमाडौँ । गत साउन १ गते आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)ले दिएको जानकारी अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी... ...


