कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृत्यु

बोगोटा।कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ। नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहर नजिकै दुर्घटना भएको जनाएको छ। घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने खानीमा रहेका जोखिमलाई पुनः उजागर गरेको सरकारले बताएको छ। तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दुईवटा खानी भत्किँदा २७ जनाको मृत्यु भएको पनि सरकारले उल्लेख गरेको छ। घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ। दुर्गम अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको छ। नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसबाट पूरै परिवार प्रभावित भएको बताएका छन्। कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौं साना खानी छन्। तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा छन्। उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्व सदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय रहेको बताइएको छ। कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पुर्याउन अवरोध नगर्न आग्रह गरेको छ। “हाम्रा सबै प्रयास जीवन बचाउन र यस आपतकालीन अवस्थाको सामना गर्न केन्द्रित हुनुपर्छ”, कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ। –रासस/एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

२४ घण्टामा विपद्का २४ घटना- एक जनाको मृत्यु, ११ घाइते
बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ। यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक... ...

हजुरआमा बिनाको चिसो दसैं : सुरज तमु
रंगकर्मी सुरज तमुको दशैं सम्झना : एकातिर बाघचाल खेल्नेहरू हुन्थे भने अर्कातिर भैँसीको छालाबाट ‘नारा’ बनाउनेहरू हुन्थे । असारमा कुन नारा बलियो भयो, कसको छिनियो वा यसपालि कस्तो बन्ला भन्नेबारे गफगाफ चल्थ्यो । ...

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा... ...

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
काठमाडाैँ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने... ...


