कोलम्बियामा अवैध सुनखानी भत्किँदा १४ जनाको मृत्यु, तीन महिनामा २७ जनाको ज्यान गयो

नारिनो । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ। नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै दुर्घटना भएको जनाएको छ। सरकारले यस घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने खानीमा रहेका जोखिमलाई पुनः उजागर गरेको बताएको छ। तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दोस्रोपटक खानी भत्किँदा २७ जनाको मृत्यु भएको पनि सरकारले उल्लेख गरेको छ। घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ। दुर्गम अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको छ। नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ‘यसबाट पूरै परिवार प्रभावित भएका छन्’ भने। कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौँ साना खानी छन्। तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा रहेका छन्। उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय रहेको बताइएको छ। कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पुर्याउन अवरोध नगर्न आग्रह गरेको छ। लोकपाल कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत ‘हाम्रा सबै प्रयास जीवन बचाउन र यस आपत्कालीन अवस्थाको सामना गर्न केन्द्रित हुनुपर्छ’ भनेर उल्लेख गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पर्सामा एक महिनामा १११ अपराधका घटना
काठमाडौं।जिल्ला प्रहरी कार्यालय पर्साले असोज महिनामा जिल्लामा भएका आपराधिक गतिविधि, अपराध अनुसन्धान तथा नियन्त्रणको प्रगति विवरण सार्वजनिक भएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार उक्त महिनामा विभिन्न प्रकृतिका ११ वटा अपराधका घटना दर्ता भए। शान्ति सुरक्षाको हिसाबले निकै चुनौतीपूर्ण मानिने पर्सा जिल्लामा चाडबाड, विशेष गरी बडादशैं लक्षित सुरक्षा योजना लागू गरिएको उक्त महिनामा सामाजिक अपराधका ६१ घटना ...

सुर्खेतमा फोर्स गाडी दुर्घटना, ९ जना घाइते
सुर्खेत। पश्चिम सुर्खेतको पञ्चपुरीमा फारेर फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार अनियन्त्रित पञ्चपुरी नगरपालिका–३,... ...

तामाकोशी किनारका फाँटमा धान पहेँलपुर, दसैँको समयमा बाली भित्र्याउने चटारोमा किसान
रामेछाप । रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दसैँको समयमा धान पाकेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन् । नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ । तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलाम्मे देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ...

दशैंको महानवमीमा काठमाडौंको मौसम र बाक्लो घरबस्तीको दृश्य (फोटो फिचर)
• बडादशैंको महानवमीका दिन काठमाडौं उपत्यकामा मौसमको दृश्य र घरबस्तीको चहलपहल देखिएको छ। • उपत्यकाका घरबस्ती र प्राकृतिक वातावरणले काठमाडौंको सहरी स्वरूपलाई झल्काउँछ। ...


