Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

सियोल । उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु समेटिएको भिडियो गेम ‘कल अफ ड्युटीः मोडर्न वारफेयर ४’ दक्षिण कोरियामा सर्वाधिक बिक्री हुने गेम बनेको छ । वास्तविक जीवनमा दुई कोरियाबीचको सीमा तनाव बढिरहेका बेला सार्वजनिक भएको यो गेमले त्यहाँका खेलाडीको ध्यान खिचेको छ । शुक्रबार सार्वजनिक भएको लोकप्रिय ‘कल अफ ड्युटी’ शृङ्खलाको पछिल्लो संस्करण विश्वव्यापी तथा दक्षिण कोरियाली बिक्री सूचीमा शीर्ष स्थानमा पुगेको छ । पीसी गेमको प्रमुख डिजिटल वितरण प्लेटफर्म ‘स्टीम’ का अनुसार, गेमले दुवै बजारमा राम्रो प्रदर्शन गरेको छ । गेमको कथावस्तुमा अमेरिकी र रुसी तनावसँगै उत्तर कोरियाको सत्ता सङ्घर्ष र दक्षिण कोरियामाथिको आकस्मिक आक्रमणलाई प्रस्तुत गरिएको छ । कथाको सुरुआत उत्तर कोरियाली सेनाले प्याराट्रुपर र भूमिगत सुरुङ प्रयोग गरी दक्षिण कोरियाली तथा अमेरिकी सेनामाथि आक्रमण गरेपछि हुन्छ । खेलाडीले युवा अमेरिकी तथा दक्षिण कोरियाली सैनिक र उत्तर कोरियाका नयाँ नेतासहित विभिन्न पात्रको भूमिका निर्वाह गर्न सक्छन् । गेम सार्वजनिक हुनुअघि कोरियाली सैन्यविहीन क्षेत्र (डीएमजेड) मा भएको विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक घाइते भएका थिए । यस घटनाले दुई देशबीचको तनाव थप बढाएको छ । दक्षिण कोरियामा अनिवार्य सैन्य सेवा गर्नुपर्ने व्यवस्थाका कारण पनि गेमको कथावस्तुले विशेष चासो जगाएको छ । सामाजिक सञ्जालमा केही खेलाडीले गेमको प्रशंसा गरेका छन् भने अरूले यसले सम्भावित युद्धको भयावह चित्र प्रस्तुत गरेको बताएका छन् । ‘थ्रेड्स’ का एक प्रयोगकर्ताले गेम खेल्दा कोरियाली युद्धमा सहभागी आफ्ना हजुरबुबाको सम्झना आएको बताएका छन् । अर्का प्रयोगकर्ताले उत्तर कोरियाले वास्तविक आक्रमण गरेमा दक्षिण कोरियाको सीमावर्ती क्षेत्र ग्याङवोन र राजधानी सियोलसमेत जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यद्यपि, दुई कोरियाबीचको पीडादायी इतिहास र वर्तमान शत्रुतालाई मनोरञ्जनको विषय बनाइएको भन्दै गेमको आलोचना पनि भएको छ । ‘किम डे जुङ पिस सेन्टर’का अध्यक्ष किम सुङ–जेले यसले कोरियाली युद्धको त्रासदीलाई खेलका रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएको बताएका छन् । यसैबीच, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले गत साता प्योङयाङमा आयोजित सैन्य बैठकमा आफ्नो सेनालाई विश्वकै सबैभन्दा शक्तिशाली बनाउन निर्देशन दिएका छन् । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौतामा नभई युद्धविराममा टुङ्गिएकाले दुई देश प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छन् । दक्षिण कोरियामा उत्तर कोरियाको आणविक क्षमताबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न अमेरिकाले करिब २८ हजार सैनिक तैनाथ गरेको छ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपीएल सिजन–३ यी चार कारणले बन्नेछ पहिलेभन्दा विशेष
ताजा खबरJust now

एनपीएल सिजन–३ यी चार कारणले बन्नेछ पहिलेभन्दा विशेष

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सोमबारदेखि सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)’ को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा... ...

रातोपाटी
टेलर स्विफ्टका सांगीतिक २० वर्ष : नेसभिलको गल्लीदेखि पप-साम्राज्यसम्म
ताजा खबरJust now

टेलर स्विफ्टका सांगीतिक २० वर्ष : नेसभिलको गल्लीदेखि पप-साम्राज्यसम्म

नेसभिलबाट सुरु भएको स्विफ्टको दुई दशक लामो सांगीतिक यात्राका दौरान आएका १२ वटा स्टुडियो एल्बम र कीर्तिमानी ‘द इराज टुर’ सम्म समेटेर ‘द टेनेसियन’ ले यतिबेला एउटा विशेष डकुमेन्ट्री नै ल्याएको छ, ‘टेलर स्विफ्ट फाइन्डिंग हर प्लेस इन दिस वर्ल्ड : सेलिब्रेटिंग ट्वान्टी इयर्स अफ हर डेब्यू एल्बम ।’ ...

कान्तिपुर
राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाअर्चना तथा प्रसाद ग्रहण
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजाअर्चना तथा प्रसाद ग्रहण

हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले नवदुर्गा देवीको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले मन्दिरमा पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरेका हुन् । ...

कान्तिपुर
सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
ताजा खबरJust now

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएका प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए । बोटमा १४ जना यात्रु सवार थिए । बोट गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको जनाइएको छ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play