Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

मुस्ताङ। प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु ढुवानी गर्न कोरला नाका क्षेत्र पुगेका हुन् । कोरला नाका क्षेत्र समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा छ । यसैगरी कोरलास्थित मुस्ताङ भन्सार कार्यालय, क्वारेन्टाइन, सशस्त्र प्रहरीको बीओपी र इलाका प्रहरी कार्यालय समुन्द्री सतहको करिब चार हजार मिटर बढी उचाइ छ । बुधबार लोमान्थाङ गाउँपालिकाले सार्वजनिक सूचना प्रेषण गरी बिहीबारदेखि कोरला नाका तथा आसपासका क्षेत्रमा सवारी आवागमन तथा त्यस क्षेत्रमा नजान पर्यटक तथा सर्वसाधारणलाई सूचित गरिसकेको छ । लोमान्थाङले कोरला नाका तथा आसपासका क्षेत्रमा हिमपात, आँधी, हिमपहिरो लगायतको जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस प्रकारको सूचना जारी गरेको हो । मुस्ताङमा बिहीबार मध्यरातिदेखि निरन्तर मध्यम प्रकारको वर्षा भइरहेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा नियमित वर्षा भइरहेको छ भने कोरला नाका क्षेत्रमा मध्यम हिमपात भइरहेको छ । मुस्ताङमा मध्यम वर्षासँगै चिसो अत्यधिक बढिरहेको छ । उपल्लो मुस्ताङमा तापक्रम घटेर माइनस १२ डिग्री सम्म पुगेको छ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) का अनुसार आज बिहानदेखि उपल्लो मुस्ताङ र कोरला नाका क्षेत्रको मौसम प्रतिकूल बन्दै गएको छ । त्यहाँका बीओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार उपल्लो मुस्ताङमा बिहीबार बिहानदेखि मध्यम वर्षा भइरहेको छ । निरन्तरकोे वर्षाका कारण उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको भए पनि कोरला नाका सडकको आवागमनमा समस्या नपरेको इञ्चार्ज धितालले बताए कोरला नाका क्षेत्रको उच्च लेकमा हिमपात भइरहेको भए पनि कोरलानाकाको दशगजा क्षेत्रमा आंशिक मात्रै हिमपात भएको उनले बताए । मौसम प्रतिकूलता हुने पूर्व सूचना भएकाले बीओपी चेकपोस्टबाट कोरला नाकामा नजान पर्यटक तथा सर्वसाधारणलाई सुझाइएको भए पनि आवागमन पूर्ण रुपमा बन्द नभएको उनले बताए । कोरला नाका र लोमान्थाङ–४ न्हेचुङ भन्सार यार्डमा ५०० भन्दा बढी कन्टेनर र दुई हजार ५०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपास तथा मालवस्तु लोड गर्न रोकिएका इञ्चार्ज धिमालले जानकारी दिए । उनका अनुसार कतिपय कन्टेनर कोरला नाकाबाट मालवस्तु ढुवानी गर्न चीनतर्फ प्रवेश गरिसकेका छन् । हाटबजार बन्द हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै आजदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ । लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपीले चीनतर्फको समन्वयमा चीनको लिजी पोर्टमा रहेको नेपाली हाटबजार बन्द गराएको हो । त्यहाँका बीओपी इञ्चार्ज धिमालले मौसम प्रतिकूलतासँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालबाट चीनतर्फ गएर पसल चलाउनेलाई चीन पक्षको समन्वयमा दुई दिनका लागि आवामगन बन्द गरिएको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
ताजा खबरJust now

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ । पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ । ...

केन्द्रबिन्दु
२४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
ताजा खबरJust now

२४ स्वर्ण पदक जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

सिराज खाननेपालगन्ज, कात्तिक १५ गते । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै... ...

गोरखापत्र
सुरुङ खनेर भागेका कैदीको पहिचान
ताजा खबरJust now

सुरुङ खनेर भागेका कैदीको पहिचान

कालीकोट समाचारदाताकालीकोट, कात्तिक १५ गते । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट फरार भएका ८ जना कैदीको खोजी तीव्र पारिएको छ । शुक्रबार राति कैदीले कारागारभित्रबाट सुरुङ ख... ...

गोरखापत्र
कांग्रेस कार्यसमिति बैठक बस्दै, देउवा पक्षले गर्ने महाधिवेशन पनि एजेन्डा
ताजा खबरJust now

कांग्रेस कार्यसमिति बैठक बस्दै, देउवा पक्षले गर्ने महाधिवेशन पनि एजेन्डा

संसद्‌मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमिति बैठक राख्दै छ।  कांग्रेसका महामन्त्री उदयशमशेर राणाका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ।  बैठकमा शुक्रबार विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर द... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play