काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका-१५ मा दुईवटा सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर बुधबार साँझ एकापसमा ठोक्किएका थिए। दुर्घटनामा परी गम्भीर घाइते भएकी स्कुटर चालक धनगढी उपमहानगरपालिका-५ तारानगरकी ३५ वर्षीया सुशीला बमको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धनगढी-१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएका छन्। यसैगरी स्कुटरमा सवार धनगढी-५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल पनि घाइते भएको प्रहरीले जनाएको छ।
कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






