केन्याली धर्मगुरु म्याकेन्जी १९१ हत्यामा दोषी

नैरोबी।अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन्। सन् २०२३ मा उनका अनुयायी बस्ने क्षेत्रमा ४०० भन्दा बढी शव फेला परेका थिए। न्यायाधीश डायना काभेद्जाले गुड न्यूज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीले अनुयायीहरूलाई मृत्युसम्म उपवास बस्न बाध्य पार्ने योजनाबद्ध प्रणाली सञ्चालन गरेको ठहर गरे। अदालतका अनुसार सुरुमा बालबालिकालाई भोकै बस्न लगाइएको थियो। भाग्न वा खाना खान खोज्नेहरूलाई रोक्न सुरक्षाकर्मी खटाइएको र उनीहरूलाई कुटपिट समेत गरिएको थियो। म्याकेन्जीले अनुयायीहरूलाई शिक्षा र स्वास्थ्य सेवाबाट टाढा रहन निर्देशन दिएका थिए। चिकित्सा उपचारलाई ‘शैतानको साधन’ का रूपमा प्रस्तुत गरिएको न्यायाधीशले बताए। सन् २०२३ मा केन्याको तटीय किलिफी काउन्टीस्थित साकाहोला जङ्गलका उथला चिहानबाट ४०० भन्दा बढी शव निकालिएका थिए। घटनापछि म्याकेन्जी र उनकी श्रीमतीसहित दर्जनौं व्यक्तिमाथि अभियोग लगाइएको थियो। म्याकेन्जीले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अनुयायीहरूलाई भोकै बस्न बाध्य नपारेको दाबी गरेका थिए। घटनामा आमा, दाइ र दुई भतिजा गुमाएका विलियम पोन्डा न्गालाले फैसलाले राहत दिएको बताए। उनले यसले भविष्यमा धार्मिक नेताबाट हुने अनुयायीको शोषण रोक्न सन्देश दिने आशा व्यक्त गरे। सन् २०२५ को अप्रिलमा पुनरावेदन अदालतले म्याकेन्जी र सहअभियुक्तहरूविरुद्ध १९१ वटा हत्या अभियोग अघि बढाउन अनुमति दिएको थियो। यसअघि उच्च अदालतले अभियोग १२ वटामा सीमित गर्न निर्देशन दिए पनि पुनरावेदन अदालतले कानूनले अभियोगको संख्या नतोकेको ठहर गरेको थियो। म्याकेन्जीको सजाय निर्धारणसम्बन्धी सुनुवाइ अक्टोबर ३० मा हुने र सजाय नोभेम्बर ६ मा सुनाइने तय भएको छ। –रासस/एपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

२४ घण्टामा विपद्का २४ घटना- एक जनाको मृत्यु, ११ घाइते
बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। विपत्तिका घटनाबाट रु १८ लाख दुई हजार ५०० बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीका १५, सर्पदंशका पाँच र जनावर आक्रमणको एउटा घटना भएको छ। क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ। यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक... ...

हजुरआमा बिनाको चिसो दसैं : सुरज तमु
रंगकर्मी सुरज तमुको दशैं सम्झना : एकातिर बाघचाल खेल्नेहरू हुन्थे भने अर्कातिर भैँसीको छालाबाट ‘नारा’ बनाउनेहरू हुन्थे । असारमा कुन नारा बलियो भयो, कसको छिनियो वा यसपालि कस्तो बन्ला भन्नेबारे गफगाफ चल्थ्यो । ...

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा... ...

मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
काठमाडाैँ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने... ...


