Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन
Photo / Coverage: केन्द्रबिन्दु

बाँके । कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरुले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर सो रकम आर्जन गरेका हुन् । उनीहरुले उत्पादन गर्नुभएको सबै फूल बिक्री भइसकेको छ । नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको ११ क्विन्टल फूल उत्पादन गरेर रु चार लाखभन्दा बढी आम्दानी भएको युवा व्यावसायी असिम सिग्देलले जानकारी दिए । उनले आफूहरूले उत्पादन गरेको सबै फूल सकिएपछि पनि फूलको माग नसकिएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको उल्लेख गरे । फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यावसायी सिग्देलले यसपटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाए । उनले यसपटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको फूलखेतीबाट भारतबाट आयात हुने फूललाई पूर्ण रूपमा विस्थापित गर्न सफल भएको बताए । अर्का व्यवसायी चेतन केसीले भाइटीकाअघि नै उत्पादन गरेको सबै ११ क्विन्टल फूल बिक्री भइसकेको बताउँदै स्थानीयले फूलका लागि थप माग गरेपछि दाङबाट दुई क्विन्टल फूल ल्याएर बेचेको उल्लेख गरे । उनले यसपटक बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएकाले त्यता पनि पठाइएको बताए । अर्का व्यवसायी वेदराज आचार्यले थोरै मिहेनत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने कुरा फूलखेतीले प्रमाणित गरेको बताए । उनले रु ४०० किलो फूल बिक्री गरेको जनाउँदै अझै पनि माग भइरहेको सुनाए । बाँकेमा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ । जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको एसोसिएसनकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताइन् । उनका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ । पहिलोपटक यस वर्ष भारतीय फूल आयात रोक्न धेरै हदसम्म सफलता मिलेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
Latest NewsJust now

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मोहसिन अलि मियाँभरतपुर, कात्तिक २५ गते । चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका –४ त्रिचोकमा ३० वर्षीय श्रीमान सुमन राना मगरले आफ्नै श्रीमती ३२ व... ...

गोरखापत्र
रडले हानेर श्रीमतीको हत्या
Latest NewsJust now

रडले हानेर श्रीमतीको हत्या

चितवन।चितवनका एक युवकले रडले हानेर श्रीमतीको हत्या गरेका छन्। स्याङ्जा घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन रानामगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना मगरको हत्या गरेका प्रहरीले जनाएको छ। सुमनले फलामको रड प्रहार गरेर कुटपिट गर्दा उनको मृत्यु भएको हो। घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेका थिए। कुटपिटबाट उनको डेरा कोठामै मृत्यु ...

नेपालन्युज
कोप–३१ मा ठुला नेताको अनुपस्थिति
Latest NewsJust now

कोप–३१ मा ठुला नेताको अनुपस्थिति

काठमाडाैँ । जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन्। यसले जलवायु परिवर्तन नियन्त्रणका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play