कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

सप्तरी। मधेस प्रदेशको सप्तरीलगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ। मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ। देशमा सुविधायुक्त नवीनतम यातायाताका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य सामग्री ओसार्ने गोरु गाडा निर्विकल्प साधनको रुपमा प्रयोग भइरहेको पाइन्छ। महदेवा गाउँपालिका–५ भगपतपुरका दशरथमण्डल परम्परादेखि बैलगाडामा सामान आोसार्ने कामलाई अहिले पनि निरन्तरता दिइरहेको बताउँछन्। उनले भने, “मलाई याद भएदेखि घरमा बैलगाडा छ। दुई दशक अघिसम्म पनि टोलको अधिकांशको घरमा दुई वटा गोरु र बैलगाडा अनिवार्य हुन्थ्यो। कतै यात्रा गर्न, सामान ओसार्न, जन्तीजान, बेहुली ल्याउन पनि बैलगाडाकै प्रयोग हुन्थ्यो।’ तराईका जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि हलो जोत्न, माटो सम्याउन, पराल दाइ गर्न बैल अर्थात गोरुकै प्रयोग हुँदै आएको राजविराज नगरपालिका–१३ का किशुनदेव यादवले बताए। सहरी र सुगम क्षेत्रमा भने प्रविधिको विकाससँगै खेत जोत्न, माटो सम्याउन, पराल दाइ गर्न ट्याक्टरको प्रयोग हुँदै आएको छ। उखु, धान, पराल, मल, रहरी, चना, तोरीलगायत कुटानी–पिसानीका बस्तु गोरु गाडामा राखेर ओसारपसार गर्ने कार्यले मधेसको ग्रामीण क्षेत्रको मौलिकताको झल्को दिने तिरहुत गाउँपालिका गोइठीकी मेरिना देवले बताइन्। उनले भनिन्, “परम्परादेखि चली आएको बैलगाडा विगतमा ग्रामीण क्षेत्रको ऐतिहासिक र महत्त्वपूर्ण सवारीका रुपमा लिने गरिन्थ्यो। यसको प्रयोग खासगरी वर्षातको तुलनामा हिउँद महिनामा बढी प्रयोग गरिन्थ्यो।”
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सांसद थपलियाको घरमा चोरी गर्ने चारै जना भारतीय
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर […] ...

लुम्बिनीका सभामुखसहित पाँच जनाविरुद्ध सांसद काफ्लेले दायर गरिन् जालसाजी किर्ते मुद्दा
काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी भएको आरोप... ...

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक
• हुम्लामा छाउपडी परम्परागत कुप्रथा अझै कायम रहेको छ, केही गाउँमा यसको अन्त्य भए पनि अधिकांशमा यो प्रथा जारी छ। • छाउपडी कुप्रथा विरुद्ध सडक नाटकमार्फत जनचेतना फैलाउने प्रयास गरिएको छ, जसमा महिलामाथि हुने हिंसा र सामाजिक अपराधको रूपमा यसको व्याख्या गरिएको छ। • नाटकले छाउपडी कुप्रथासँग सम्बन्धित भ्रम र यसका विरुद्ध आवाज उठाउन आवश्यकताको महत्त्वलाई उजागर गरेको छ। ...

विश्व कीर्तिमानी बलर शोएब अख्तर त्रिवि रंगशालामा
पाकिस्तानका विश्व कीर्तिमानी बलर शोएब अख्तर त्रिवि क्रिकेट रंगशालामा पुगेका छन्। नेपाल प्रिमियर लिग अन्तरगत जनकपुर बोल्ट्स र कर्णाली याक्सको खेल चलिरहँदा पूर्व क्रिकेटर अख्तरले रंगशालामै पुगेर खेल हेरेका हुन्। पहिलो इनिङ्सपछि अख्तरले मैदानबाट दर्शकलाई अभिवादन गरेका थिए। जारी एनपीएलमा पाकिस्तानी खेलाडी पनि सहभागी छन्। यही खेलमा पाकिस्तानका हुसेन तलातले कर्णालीब... ...


