Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कृषि आधुनिकीकरणमा १ खर्ब ४० अर्बको परियोजना

कृषि आधुनिकीकरणमा १ खर्ब ४० अर्बको परियोजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृषि आधुनिकीकरणमा १ खर्ब ४० अर्बको परियोजना

काठमाडौं।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ। परियोजनामा कृषि तथा पशुपालन क्षेत्रमा व्यावसायिक उत्पादन, पूर्वाधार विकास, कृषकलाई तालिम, कृषि उत्पादन वृद्धि, अनुदान वितरणलगायत योजना समावेश गरिएको हो। किसानको आय वृद्धि तथा कृषिमा आधुनिकीकरण गरी कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी देशलाई कृषि वस्तु उत्पादनमा आत्मनिर्भर बनाउने रणनीति लिइएको परियोजनामा विगतका अनुभव, सिकाइ र प्रगतिलाई अवलम्बन गरिएको छ। आगामी आर्थिक वर्षमा सञ्चालन गरिने उक्त परियोजना सफल कार्यान्वयनका लागि बहुपक्षीय सरोकारवालासँग समीक्षा गरिएको कार्यक्रम व्यवस्थापन एकाइका सूचना अधिकारी जितबहादुर चन्दले जानकारी दिए। सरकारले करिब एक दशकसम्म सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा २३ लाख ८३ हजार रोजगारी सिर्जना भएको जनाइएको छ। आव २०७३/७४ मा सुरू भएको कार्यक्रमका लागि ५६ अर्ब ३५ करोड विनियोजन गरिएको थियो। आव २०८२/०८३ मा सम्पन्न भएको कार्यक्रममा सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने बृहत् राष्ट्रिय कार्यक्रमअन्तर्गत ३९ अर्ब ५८ करोड खर्च गरेको उनले जानकारी दिए। देशका सबै प्रदेशअन्तर्गत जिल्लास्थित कृषि तथा पशु सेवासँग सम्बन्धित कार्यालयबाट ब्लक विकास कार्यक्रम र ७५३ वटा स्थानीय तहबाट पकेट विकास कार्यक्रम सञ्चालन गरिएको थियो। देशभर २१ वटा सुपरजोन, ३०० वटा जोन, एक हजार ५०० वटा ब्लक र एक हजार ५०० वटा पकेटहरू स्थापना गरिएको उक्त कार्यक्रमअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम, व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम, व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम र बृहत्तर व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) क्षेत्र स्थापना गरिएको हो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिइएको उक्त कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा सुरुमा आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम बनाइएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जहाँ गुरुहरू कुटिन्छन्
ताजा खबरJust now

जहाँ गुरुहरू कुटिन्छन्

विद्याको पवित्र मन्दिरभित्र पसेर गुरुलाई गालीगलौज गर्दै कुटपिट गर्न तम्तयार हुने कस्तो समाज र मानसिकता निर्माण गर्‍यौं हामीले? ...

कान्तिपुर
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
ताजा खबरJust now

क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

काठमाडौँ । वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन पाँच सदस्यीय नेपाली खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ । यही अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट... ...

रातोपाटी
इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप
ताजा खबरJust now

इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप

निजी इन्टरनेट सेवा प्रदायकले महसुल बढाएपछि असन्तुष्ट ग्राहकको आकर्षण सुलभ ‘एनटी फाइबर’तर्फ ह्वात्तै बढेको देखिन्छ । ...

कान्तिपुर
म्यानपावर विवादले रोकियो मलेसियाको रोजगारी, नयाँ भिसा प्रक्रिया ठप्प
ताजा खबरJust now

म्यानपावर विवादले रोकियो मलेसियाको रोजगारी, नयाँ भिसा प्रक्रिया ठप्प

काठमाडौँ । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद दुई देशबिच सुल्झिन नसक्दा नयाँ कामदार जाने प्रक्रिया रोकिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play