Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कृत्रिम फूलको बिक्री रोक्न सरकारसँग किसान संघको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृत्रिम फूलको बिक्री रोक्न सरकारसँग किसान संघको माग
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नर्सरी तथा पुष्प उत्पादक किसान संघले तिहारमा प्लास्टिक, कागज तथा कपडाबाट बनेका कृत्रिम फूल तथा मालाको बिक्री–वितरण रोक्न सरकारसँग माग गरेको छ। संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कृत्रिम फूलको आयात तथा बिक्री–वितरणमा रोक लगाई स्वदेशी प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो। संघका अनुसार पछिल्ला वर्षमा प्लास्टिक, कागज तथा कपडाबाट बनेका अप्राकृतिक फूल गाउँदेखि सहरका बजारसम्म सहजै उपलब्ध हुन थालेका छन्। प्राकृतिक फूलको तुलनामा कृत्रिम फूल सस्तो र आकर्षक देखिने भएकाले उपभोक्ता त्यसतर्फ आकर्षित भइरहेको संघले जनाएको छ। कृत्रिम वस्तुको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पार्ने भन्दै संघले सरकारले ल्याएका ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसकेको जनाएको छ। प्राकृतिक फूलसरह कृत्रिम फूल बजारमा बिक्री भइरहेको भन्दै संघले बजार अनुगमन गरी ऐन तथा नियम उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ। संघले तिहारमा सयपत्री, गोदावरी र मखमलीलगायत प्राकृतिक फूलको माग उच्च हुने जनाएको छ। देशका सबै प्रदेशमा यी फूलको खेती विस्तार हुँदै गएको र पुष्प खेतीमा किसानको संलग्नता बढिरहेको संघको भनाइ छ। बजारको मागअनुसार गुणस्तरीय उत्पादन बढेकाले स्वदेशी फूलले नै बजारको माग पर्याप्त रूपमा पूरा गर्न सक्ने संघले जनाएको छ। सयपत्री फूलमा नेपाल आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको भन्दै संघले तिहारमा स्वदेशी फूलको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। त्यस्तै, चाडपर्वको मौका छोपी गैरकानुनी बाटोबाट फूल तथा माला चोरीपैठारी हुन सक्ने भन्दै संघले स्थानीय तह, सुरक्षा निकाय तथा किसानका विभिन्न संघसंस्थासँग अनुगमन र निगरानी बढाउन आग्रह गरेको छ। संघले सयपत्री फूलको मालाको उपभोक्ता मूल्य प्रतिमाला ९०० रुपैयाँभन्दा बढी नपर्ने भएकाले मूल्य अनुगमन तथा नियमनका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पनि माग गरेको छ। संघका अध्यक्ष कुमार कसजु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्राकृतिक फूलको प्रयोग बढाउँदै स्वदेशी पुष्प उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्न सरकार र उपभोक्तालाई आग्रह गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार
Latest NewsJust now

लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार

काठमाडौं । यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ । उपत्यकाका बिभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच भएको छ । लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका लागि सयपत्री फूलको अधिकतम प्रयोग हुने गरेको छ । काठमाडौं महानगरले स्थान नै तोकेर फूलको खरिदबिक्रि गर्ने व्यवस्था मिलाएको छ । यस बर्ष तिहारमा ६४ करोड ५० लाख बराबरको फूलको ...

केन्द्रबिन्दु
बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
Latest NewsJust now

बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

बझाङ । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने ४० वर्षीय राजेन्द्र रोकायालाई भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो... ...

रातोपाटी
लक्ष्मीपूजामा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी
Latest NewsJust now

लक्ष्मीपूजामा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा समस्या नहुने जनाएको छ । प्राधिकरणले उक्त दिन करिब एक हजार ९०० देखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अहिले विद्युत् उत्पादन र आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध छ । पछिल्लो समय भएको वर्षाका […] ...

लोकपथ
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार
Latest NewsJust now

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा । जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ । अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play