Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कुल आचार्य र उत्तम नेपालद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड सहयोग

कुल आचार्य र उत्तम नेपालद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड सहयोग

10/26/2026, 2:46:29 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कुल आचार्य र उत्तम नेपालद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड सहयोग

बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण किट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा आचार्य र नेपालले डीएनए परीक्षण किट सरकारलाई हस्तान्तरण गरेका हुन्। सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोगस्वरूप एक करोड रुपैयाँको चेकसमेत हस्तान्तरण गरेका छन्। डीएनए परीक्षण किट र आर्थिक सहयोग आचार्य र नेपालले व्यक्तिगत रूपमा उपलब्ध गराएका हुन्। सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले प्राप्त डीएनए परीक्षण किट र आर्थिक सहयोगले सरकारको उन्नत डीएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट
OthersJust now

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

९ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको सभामुख अर्यालको सचिवालयले जनाएको… ...

अनलाइन खबर
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
OthersJust now

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

९ कात्तिक, वालिङ (स्याङ्जा) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुन:स्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए । ‘कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,’ उहाँले भन्नुभयो, ‘विश्वास पुन:स्थापित भयो भने मत त्यसलाई पछ्याउँदै… ...

अनलाइन खबर
सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह
OthersJust now

सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

९ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play