Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

कुकुर तिहार रिल प्रतियोगिता हुँदै, विजेतालाई एक लाख पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुकुर तिहार रिल प्रतियोगिता हुँदै, विजेतालाई एक लाख पुरस्कार
Photo / Coverage: विश्वखबर

काठमाडौं – नेपाली मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा आयोजना हुन लागेको प्रतियोगितामा उत्कृष्ट भिडियो रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नेपाल पर्यटन बोर्डका अनुसार प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम र सम्मानलाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको प्रयोग बढाउने योजनाअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक गर्नुपर्नेछ। सहभागीले तयार गर्ने भिडियो अङ्ग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अङ्ग्रेजी सबटाइटल वा अङ्ग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दा नेपाल फेस्टिभल र कुकुर तिहारसँग सम्बन्धित ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। इन्स्टाग्राममा नेपाल टुरिजमको आधिकारिक अकाउन्ट र फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिङ्क इमेलमार्फत पठाउनुपर्ने बोर्डले जनाएको छ। प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । प्रतियोगितामा सहभागी हुने भिडियो पठाउने अन्तिम मिति नोभेम्बर २१ अर्थात् मङ्सिर ५ गते तोकिएको छ । यसअघि बडादसैँको अवसरमा मन्त्री पौडेलकै निर्देशनमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाको सहकार्यमा देशभरका १०० स्थानमा लिङ्गे पिङ राखिएको थियो । नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्ने परम्परा छ। तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाएर पूजा गरिन्छ । यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोडेर नेपाली मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने बोर्डको लक्ष्य छ । बोर्डले प्रतियोगिताले युवालाई सिर्जनात्मक डिजिटल सामग्री उत्पादनमा प्रोत्साहन गर्नुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास लिएको छ । कुकुर तिहारलाई धार्मिक पर्वमा मात्र सीमित नराखी जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गर्ने लक्ष्यसमेत राखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’
Latest NewsJust now

पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’

न्युयोर्क । अमेरिकी पपगायिका ब्रिट्नी स्पियर्सले आफ्नै परिवारका सदस्य तथा पूर्वपतिविरुद्ध तितो पोखेकी छन् । उनिहरुले आफूलाई ‘कमारा’ (दास) सरह व्यवहार गरेको भन्दै ब्रिट्नीले गम्भीर आरोप लगाएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै उनले आफ्नै बहिनी जेमी लिन स्पियर्स र पूर्वपति केभिन फेडरलाइनविरुद्ध उक्त आक्रोश पोखेकी हुन् । आफ्ना सन्तान भेट्न जाँदा वा पारिवारिक आउजाउका क्रममा आफूमाथि मानसिक ...

केन्द्रबिन्दु
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन
Latest NewsJust now

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका... ...

रातोपाटी
भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाण्डु – भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउँदै छन्। नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गर्ने छन् । भारतीय विदेश मन्त्रालयले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्न विदेश सचिव मिस्रीको नेपाल भ्रमण हुन लागेको जनाएको छ। भारत र नेपालबीच […] ...

काठमाण्डुपाटी
रौतहटमा गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते
Latest NewsJust now

रौतहटमा गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

काठमाडौँ। रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। मंगलबार राति करिब ९ः१५ बजे स्थानीय २८ वर्षीय राकेश यादवमाथि पेस्तोलबाट गोली प्रहार भएको हो। गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी जम्मा ६ वटा गोलीका छर्रा लागेको छ। घटनापछि उनलाई ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play