Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कुकुर तिहार जस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : सविना काफ्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुकुर तिहार जस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : सविना काफ्ले
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्व माझ चिनाउन कुकुर तिहार जस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन्। कुकुर तिहार, २०८३ को अवसरमा प्रथम महिला काफ्लेले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पशुपंक्षी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने विशिष्ट परम्परा रहेको हाम्रा चाडपर्व र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरी प्रर्वद्धन गर्नुपर्ने धारणा व्यक्त गरिन्। उनले कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश दिने अवसरका रूपमा विश्वमाझ पुर्‍याउनु पर्ने बताइन्। विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको विश्व परिवेशमा कुकुरको पूजा गर्ने मुलुकको विशिष्ट सांस्कृतिक परम्परालाई नेपालले अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सक्ने उनको भनाइ थियो। “कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो। कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पुर्‍याउन चाहन्छौँ”, प्रथम महिला काफ्लेले भनिन्। उनले कुकुर तिहारलाई एक दिनको उत्सवका रुपमा मात्र सीमित नगरी वर्षभरि नै पशु कल्याणका पक्षमा विविध गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। उनले कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत एकरुपतासहित जिम्मेवारी बोध गर्नुपर्ने खाँचो औंल्याइन्। श्रीमती काफ्लेले नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौं मौलिक अभ्यास रहेको उल्लेख गर्दै कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्नुपर्ने धारणा राखिन्। वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबीचको सम्बन्धको उदाहरण भएको उनको भनाइ थियो। ‘डिजिटल’ युगमा मानिसबीचको सम्बन्ध र मानव तथा प्रकृतिबीचको निकटता कमजोर हुँदै गइरहेको उल्लेख गर्दै उनले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताइन्। कार्यक्रममार्फत कुकुर तिहारलाई विश्वव्यापी रूपमा प्रर्वद्धन गर्न ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्याग समेत सार्वजनिक गरिएको उनले जानकारी दिइन्। उनले नीति निर्माण तहका पदाधिकारी, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कलाकार, सामग्री उत्पादक, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा विभिन्न देशका राजदूतलाई नेपालको यस मौलिक परम्पराको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरिन्। “हाम्रा चाडपर्वमा प्रकृति र मानवबीचको सम्बन्ध जोड्ने धेरै अद्वितीय पक्ष छन्। ती पक्षलाई विश्वभर पुर्‍याउन सबैको साझा प्रयास आवश्यक छ”, उनले भनिन्। त्यस अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि करुणा, माया र जिम्मेवारी देखाउनुपर्ने बताइन्। उनले पशु कल्याण र मानव स्वास्थ्य एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै ‘एक स्वास्थ्य अवधारणा’अन्तर्गत रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण तथा जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताइन्। मन्त्री चौधरीले कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन नेपाली दूतावास, विदेशमा रहेका नेपाली समुदाय, पर्यटन प्रर्वद्धन गर्ने निकाय तथा अन्तर्राष्ट्रिय पशु कल्याणसम्बन्धी संस्थासँग सहकार्य गर्न सकिने बताइन्। यसबाट नेपालको मौलिक संस्कृति र सांस्कृतिक पर्यटन प्रर्वद्धनमा समेत योगदान पुग्ने उनको भनाइ थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कुकुर र मानिसको सम्बन्धको विषयमा चर्चा गर्दै ककुर तिहारको विशेष महत्व रहेको बताए। “कुकुर र मानिसको सम्बन्ध सुरुआतदेखि नै रहँदै आएको छ, हाम्रा धर्म, संस्कृतिमा पनि कुकुरको विशेष महत्व रहँदै आएको छ, हाम्रा धर्मग्रन्थमा पनि कुकुरको महत्व उल्लेख छ”, उनले भने। त्यस अवसरमा सबिना काफ्लेले बिन्दु नामक कुकुरको पूजा गरिन्। साथै कलाकारहरु बसुन्धरा भुसाल, भुवन भन्द, मिथिला शर्माले सशस्त्र प्रहरीको केनाइन युनिटमा तालिमप्राप्त कुकुर ‘साम्बा’लाई विशेष सम्मान गरेका थिए। कुकुर तिहारको अवसरमा सहभागीहरुले आफ्ना कुकुरहरुको पनि पूजा गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार
Latest NewsJust now

लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार

काठमाडौं । यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ । उपत्यकाका बिभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच भएको छ । लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका लागि सयपत्री फूलको अधिकतम प्रयोग हुने गरेको छ । काठमाडौं महानगरले स्थान नै तोकेर फूलको खरिदबिक्रि गर्ने व्यवस्था मिलाएको छ । यस बर्ष तिहारमा ६४ करोड ५० लाख बराबरको फूलको ...

केन्द्रबिन्दु
बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
Latest NewsJust now

बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

बझाङ । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने ४० वर्षीय राजेन्द्र रोकायालाई भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो... ...

रातोपाटी
लक्ष्मीपूजामा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी
Latest NewsJust now

लक्ष्मीपूजामा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा समस्या नहुने जनाएको छ । प्राधिकरणले उक्त दिन करिब एक हजार ९०० देखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अहिले विद्युत् उत्पादन र आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध छ । पछिल्लो समय भएको वर्षाका […] ...

लोकपथ
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार
Latest NewsJust now

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा । जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ । अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play