Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

किसानको बाली जोगाउन प्रहरी खेतमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
किसानको बाली जोगाउन प्रहरी खेतमा
Photo / Coverage: नेपालन्युज

भद्रपुर (झापा)। झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन् । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित स्थान तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो । यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाउँदै किसानलाई ढिला नगरी बाली भित्र्याउन आग्रह गरेका थिए । प्रशासनको उक्त निर्देशन र स्थानीय किसानको आग्रहअनुसार हात्ती प्रभावित क्षेत्रमा धान काट्ने कार्यक्रम सञ्चालन गरिएको हो । मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको निरन्तर आवागमनले किसानको पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि सबै पक्षको सहभागितामा बाली भित्र्याउने कामलाई तीव्रता दिइएको हो । “हात्तीको जोखिमका कारण किसान आफ्नो पाकेको बाली भित्र्याउन समस्यामा छन् । त्यसैले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधि सबै मिलेर धान काट्ने अभियान सञ्चालन गरेका हौँ”, वडाध्यक्ष कार्कीले भने, “किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र हात्तीबाट हुनसक्ने क्षति कम गर्न सबै पक्षबीच सहकार्य आवश्यक छ ।” हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नुका साथै कृषि उपज जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । धान काट्ने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले संयुक्त रूपमा काम गरेका थिए । यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो । अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्नसके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए । किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए । प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस
Latest NewsJust now

स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस

अमेरिकाले बाध्यकारी नियमको सट्टा गैर-कानुनी निर्देशिकाको पक्षमा ५ वर्षे म्यान्डेट प्रस्ताव गरेको छ ...

कान्तिपुर
नेपाल प्रहरीको एआईजीमा आईजीपी केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना
Latest NewsJust now

नेपाल प्रहरीको एआईजीमा आईजीपी केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना

काठमाडौं । नेपाल प्रहरीमा आगामी पुस ५ देखि ६ अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त हुने भएको छ। एक ठाउँ अहिले खाली छ भने पुस ५ गते ५ जना एआईजी एकसाथ अनिवार्य अवकाशमा जाने भएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख सुशील सिंह राठौर, प्रदेश समन्वय विभाग प्रमुख सिद्धिविक्रम शाह, कार्य विभाग ...

केन्द्रबिन्दु
मंसिर महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर तोकियो, कुन बैंकमा पाइन्छ धेरै ब्याज ?
Latest NewsJust now

मंसिर महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर तोकियो, कुन बैंकमा पाइन्छ धेरै ब्याज ?

काठमाडौँ । २० वटा वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदरलाई स्थिर राखेका छन् । केही... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play