Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नेपाल प्रहरीको एआईजीमा आईजीपी केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल प्रहरीको एआईजीमा आईजीपी केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रहरीमा आगामी पुस ५ देखि ६ अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त हुने भएको छ। एक ठाउँ अहिले खाली छ भने पुस ५ गते ५ जना एआईजी एकसाथ अनिवार्य अवकाशमा जाने भएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख सुशील सिंह राठौर, प्रदेश समन्वय विभाग प्रमुख सिद्धिविक्रम शाह, कार्य विभाग प्रमुख हिमालय कुमार श्रेष्ठ र प्रशासन विभाग प्रमुख डम्बरबहादुर विक ३० वर्षे सेवा अवधिका कारण एकसाथ अवकाश हुने भएका हुन्। तत्कालीन एआईजी मनोजकुमार केसीलाई आईजीपीमा नियुक्ति दिएपछि एउटा एआईजी पद यसअघि नै रिक्त रहेको हो। केसी आईजीपी बनेपछि अपराध अनुसन्धान विभागमा एआईजी पद खाली छ। पुस ५ मा अवकाश हुन लागेका पाँचै एआईजी २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका थिए। प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा आएका उनीहरूको सेवा अवधि राष्ट्रिय अनुसन्धान विभागमा हुँदादेखि नै गणना हुने भएकाले ३० वर्षे सेवा अवधि पूरा हुन लागेको हो। उनीहरूसँगै यो ब्याचका डीआईजीहरू पनि अनिवार्य अवकाश हुनेछन्। डीआईजीहरू सुरेन्द्र गुरुङ, दिलीपसिंह देउवा र ओम राना पनि अवकाश हुनेछन्। यस्तै विनोद घिमिरे र माधव श्रेष्ठ पनि अवकाश हुने भएकाले सिनियर डीआईजी ६ जना मात्रै रहनेछन्। आईजीपीकै ब्याची मात्रै बन्न सक्छन् एआईजी खाली हुने ६ एआईजीमा आईजीपी मनोज केसीका ब्याची मात्रै बढुवा हुने सम्भावना बढी छ। उनीहरू अरू डीआईजीभन्दा दुई वर्ष नै सिनियर हुन्। २०८२ कात्तिक ९ गते ५ जना डीआईजीमा बढुवा भएका थिए। एउटै ब्याचका भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजीमा बढुवा भएका थिए। त्यसपछि विश्वराज अधिकारी डीआईजीमा एकल बढुवा भएका थिए। यी ६ डीआईजी अहिले नै एआईजीमा बढुवा हुने सम्भावना कम छ। उनीहरूमध्ये एक जनाले २०८४ चैतदेखि प्रहरी संगठनको नेतृत्व गर्ने सम्भावना छ। उनीहरू अहिले बढुवा नभए पनि केही महिनापछि खाली हुने एआईजीमा बढुवा हुने पक्का छ। तर केही डीआईजीको जोडबल अहिले नै बढुवा हुनेमा छ। अहिले बढुवा हुने सम्भावना भने आईजीपीकै ब्याचीको छ। यो ब्याचका ६ जना डीआईजी कार्यरत छन्। २०८१ पुसमा बढुवा भएका पाँचमध्ये चार जना डीआईजी छन्। उनीहरू अहिले एआईजी बन्ने सम्भावना बढी छ। उनीहरू आईजीपी केसीकै ब्याचका हुन्। उनीहरूसँगै डीआईजी बनेका ईश्वर कार्की एआईजी भइसकेका छन्। डीआईजीहरू राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोवन्द थपलिया एआईजी हुने लगभग पक्का छ। २०८२ जेठ १६ गते ११ जना डीआईजीमा बढुवा भएका थिए। तीमध्ये सुदर्शन प्रसाद कोइराला, दीपक रेग्मी, दीपेन्द्र घर्ती क्षेत्री, दीपककुमार बस्नेत र जयराज सापकोटा पनि एआईजीका दाबेदार हुन्।उनीहरूमध्ये पनि दुई जनाको डीआईजी बन्ने सम्भावना छ। राजेन्द्र भट्ट अन्वेषण योजनामा, अरुण पौडेल अख्तियारमा, दिनेश आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र गोबिन्द थपलिया उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। सुदर्शन कोइराला कार्य विभागमा, दीपक रेग्मी बागमती प्रदेश र जयराज सापकोटा कर्णाली प्रदेशमा प्रमुख छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस
Latest NewsJust now

स्वचालित हतियार नियन्त्रण गर्ने नयाँ प्रस्तावको विरोधमा अमेरिका- रुस

अमेरिकाले बाध्यकारी नियमको सट्टा गैर-कानुनी निर्देशिकाको पक्षमा ५ वर्षे म्यान्डेट प्रस्ताव गरेको छ ...

कान्तिपुर
मंसिर महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर तोकियो, कुन बैंकमा पाइन्छ धेरै ब्याज ?
Latest NewsJust now

मंसिर महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर तोकियो, कुन बैंकमा पाइन्छ धेरै ब्याज ?

काठमाडौँ । २० वटा वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदरलाई स्थिर राखेका छन् । केही... ...

रातोपाटी
विद्यालयको कभर्ड हल बनाउन देउसी खेलेर २६ लाख संकलन
Latest NewsJust now

विद्यालयको कभर्ड हल बनाउन देउसी खेलेर २६ लाख संकलन

जालपा माविको बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि कात्तिक १९ देखि २९ गतेसम्म विभिन्न ठाउँमा खेलिएको देउसीमा २६ लाख ७७ हजार रूपैयाँ सङ्कलन भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play