Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/किन भारत भ्रमणमा जाँदैछन रास्वपा सभापति रवि लामिछाने ?

किन भारत भ्रमणमा जाँदैछन रास्वपा सभापति रवि लामिछाने ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
किन भारत भ्रमणमा जाँदैछन रास्वपा सभापति रवि लामिछाने ?

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। लामिछानेको निजी सचिवालयका अनुसार उनले आज शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू भोलि मिति २०८३ कार्तिक ६ गतेदेखि तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने बेहोरा सम्पूर्ण पार्टी पंक्ति, शुभचिन्तक, आम जनसमुदाय तथा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ।’ सचिवालयको विज्ञप्तिअनुसार सभापति लामिछानेले धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ। अगाडि भनिएको छ, ‘तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी उहाँ स्वदेश फर्किनुहुनेछ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द
ताजा खबरJust now

सुपर टाइफुन चाम्पी ताइवानतर्फ अघि बढ्दा पूर्वी एसियामा सयौँ उडान रद्द

ताइपेई । शक्तिशाली समुद्री आँधी ‘सुपर टाइफुन चाम्पी’ ताइवानतर्फ अघि बढेपछि पूर्वी एसियामा सयौँ हवाई उडान रद्द गरिएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै ताइवानमा विद्यालय, सरकारी कार्यालय र सेयर... ...

रातोपाटी
असोजमा कास्कीमा ५९ सवारी दुर्घटना :  ११ जनाको मृत्यु
ताजा खबरJust now

असोजमा कास्कीमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो... ...

रातोपाटी
चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते
ताजा खबरJust now

चीनको सिजाङमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु, ३२ घाइते

• दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्पले १६ जनाको मृत्यु र ३२ जना घाइते भएका छन्। • भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् र उद्धार तथा राहत कार्य जारी छ। • ३०० भन्दा बढी प्रहरी र ३४७ जनाको उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको छ। ...

नेपालबहस
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
ताजा खबरJust now

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत सात वर्षदेखि ‘थ्रेसर मेसिन’ सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । गाउँका धेरै युवाहरू वैदेशिक रोजगार वा अन्य पेसामा अल्झिरहेका बेला... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play