Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/किन झर्छ कपाल, के छ उपचार?

किन झर्छ कपाल, के छ उपचार?

Share:WhatsAppFacebookX (Twitter)Telegram
किन झर्छ कपाल, के छ उपचार?

कपाल झर्नु सौन्दर्यसँगै आत्मविश्वास र मानसिक तनावसँग पनि जोडिएको समस्या हो। वंशाणुगत कारण, हर्मोनको असन्तुलन, पोषणको कमी तथा विभिन्न स्वास्थ्य समस्याले कपाल झर्न सक्छ। पछिल्लो समय कपाल प्रत्यारोपणप्रति आकर्षण बढे पनि यसको प्रभावकारिता र जोखिमबारे धेरैमा अन्योल छ। कपाल झर्नुका कारण, उपचार र प्रत्यारोपणसम्बन्धी भ्रमबारे कपाल तथा छाला रोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण शल्यचिकित्सक डा. रूपक घिमिरेसँग सृष्टि बरालले गरेको कुराकानीको सम्पादित अंश : कपाल झर्नु केको संकेत हो? दैनिक केही मात्रामा कपाल झर्नु प्राकृतिक प्रक्रिया हो। तर असामान्य रूपमा धेरै वा अचानक कपाल झर्नुका पछाडि विभिन्न कारण हुन सक्छन्। क्यान्सरको उपचारमा प्रयोग हुने केमोथेरापीका कारण पनि कपाल झर्न सक्छ। त्यसैले कपाल झरेकै आधारमा क्यान्सरको निष्कर्ष निकाल्नु हुँदैन। पुरुषमा हर्मोनसँग सम्बन्धित वंशाणुगत तालुपन र महिलामा प्रसूति तथा अन्य हर्मोनल परिवर्तनले पनि असर पार्न सक्छ। पछिल्लो समय युवायुवतीमा कपाल झर्नुको कारण के हो? कपाल झर्नुमा वंशाणुगत कारण, मानसिक तनाव, निद्राको कमी, असन्तुलित खानपान, आइरन वा अन्य पोषक तत्त्वको कमी तथा थाइराइडसम्बन्धी समस्या जिम्मेवार हुन सक्छन्। पुरुषमा हर्मोनसँग सम्बन्धित वंशाणुगत तालुपन र महिलामा प्रसूति तथा अन्य हर्मोनल परिवर्तनले पनि असर पार्न सक्छ। वास्तविक कारण पहिचान नगरी उपचार गर्दा अपेक्षित परिणाम नआउन सक्छ। कपाल झर्ने समस्या कुन अवस्थामा गम्भीर मान्नुपर्छ? कपाल अचानक धेरै झर्न थालेमा, टाउकोमा गोलाकार खाली भाग देखिएमा वा छालामा घाउ, रातोपन, दुखाइ र अत्यधिक चिलाउने समस्या भएमा चिकित्सकलाई देखाउनुपर्छ। कपालको जरामा दाग बस्ने किसिमको रोग भएमा स्थायी रूपमा कपाल नउम्रिन सक्छ। त्यसैले यस्ता लक्षणलाई बेवास्ता गर्नु हुँदैन। कपाल तथा छाला रोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण शल्यचिकित्सक डा. रूपक घिमिरे। हर्मोनको असन्तुलनको कस्तो भूमिका हुन्छ? एन्ड्रोजन नामक हर्मोन र कपालको जराको संवेदनशीलताले विशेषगरी वंशाणुगत तालुपनमा भूमिका खेल्छन्। महिलामा महिनावारी अनियमित हुने, अनुहारमा अनावश्यक रौँ बढ्ने वा डन्डिफोरसँगै कपाल पातलो हुँदै गएको छ भने पोलिसिस्टिक ओभरी सिन्ड्रोमजस्ता समस्याको सम्भावना पनि हेर्नुपर्छ। सबैलाई हर्मोन परीक्षण आवश्यक हुँदैन। लक्षणअनुसार चिकित्सकले परीक्षण निर्धारण गर्छन्। कपाल झर्न थालेपछि उपचार गर्नुपर्छ? यो कपाल झर्नुको कारणमा निर्भर हुन्छ। ज्वरो, गम्भीर तनाव, बिरामी अवस्था वा पोषणको कमीपछि झरेको कपाल केही महिनामा पुनः उम्रिन सक्छ। तर वंशाणुगत तालुपन क्रमशः बढ्न सक्छ। त्यसैले कपाल कति समयदेखि, कति मात्रामा र कुन भागबाट झरिरहेको छ भन्ने मूल्याङ्कन आवश्यक हुन्छ। तेल लगाउँदैमा वंशाणुगत तालुपन वा हर्मोनसम्बन्धी कारणले झरेको कपाल पुनः उम्रिन्छ भन्ने प्रमाण छैन। तेल, स्याम्पु र कपाल उमार्ने औषधि कत्तिको प्रभावकारी हुन्छन्? तेलले कपाललाई नरम राख्न, सुख्खापन घटाउन र कपालको बाहिरी भाग भाँचिनबाट जोगाउन सक्छ। तर तेल लगाउँदैमा वंशाणुगत तालुपन वा हर्मोनसम्बन्धी कारणले झरेको कपाल पुनः उम्रिन्छ भन्ने प्रमाण छैन। स्याम्पुले मुख्यतः टाउको सफा राख्ने काम गर्छ। केही प्रकारको कपाल झर्ने समस्यामा मिनोक्सिडिलजस्ता औषधिले मद्दत गर्न सक्छन्। तर सबैमा समान परिणाम आउँदैन र नियमित प्रयोग आवश्यक पर्न सक्छ। औषधि सुरु गर्नुअघि यसको उपयुक्तता र सम्भावित असरबारे चिकित्सकसँग सल्लाह लिनुपर्छ। कपाल प्रत्यारोपण भनेको के हो? कपाल प्रत्यारोपणमा सामान्यतया टाउकोको पछाडि वा छेउमा रहेको कपाल उम्रिने क्षेत्रबाट कपालका जरासहितका एकाइ निकालेर पातलो वा कपाल नभएको क्षेत्रमा प्रत्यारोपण गरिन्छ। यसका प्रचलित विधिमा एफयूई र एफयूटी पर्छन्। प्रत्यारोपण गरिएको कपाल समयसँगै प्राकृतिक रूपमा बढ्न सक्छ। तर नतिजा व्यक्तिको कपालको अवस्था, दाता क्षेत्र र उपचार योजनामा निर्भर हुन्छ। कम उमेरमै तालुपन बढिरहेको अवस्थामा हतारमा प्रत्यारोपण गर्दा भविष्यमा कपालको बनावट अस्वाभाविक देखिन सक्छ। यसका लागि उपयुक्त उमेर कति हो? यसका लागि सबैलाई लागू हुने एउटै उमेर हुँदैन। कपाल झर्ने क्रम स्थिर भएको छ कि छैन, भविष्यमा कति कपाल झर्न सक्छ र दाता क्षेत्रमा कति कपाल उपलब्ध छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। कम उमेरमै तालुपन बढिरहेको अवस्थामा हतारमा प्रत्यारोपण गर्दा भविष्यमा कपालको बनावट अस्वाभाविक देखिन सक्छ। त्यसैले विशेषज्ञको मूल्याङ्कन आवश्यक हुन्छ। डा. रूपक घिमिरे। प्रत्यारोपणपछि कपाल उम्रिने ग्यारेन्टी हुन्छ? फेरि झर्न सक्छ? शतप्रतिशत कपाल उम्रिने ग्यारेन्टी हुँदैन। प्रत्यारोपण गरिएका सबै जराले समान रूपमा काम नगर्न सक्छन्। कपालको घनत्व, दाता क्षेत्रको गुणस्तर, चिकित्सकको सीप र प्रत्यारोपणपछिको स्याहारले नतिजामा प्रभाव पार्छन्। प्रत्यारोपणपछि सुरुका केही हप्तामा कपाल झर्नु सामान्य प्रक्रिया हुन सक्छ। यसलाई ‘सक लस’ भनिन्छ। त्यसपछि कपालका जराबाट नयाँ कपाल उम्रन सक्छ। तर वरिपरिका प्राकृतिक कपाल वंशाणुगत कारणले पछि पनि पातलो हुन सक्छन्। त्यसैले प्रत्यारोपणपछि पनि आवश्यक उपचार र नियमित अनुगमन महत्त्वपूर्ण हुन्छ। आइरनको कमी, थाइराइड, हर्मोनसम्बन्धी समस्या वा अन्य रोगका कारण कपाल पातलो भएको अवस्थामा पहिले कारण पहिचान गरी उपचार गर्नुपर्छ। प्रत्यारोपण कत्तिको सुरक्षित छ? कपाल प्रत्यारोपण शल्यक्रियात्मक प्रक्रिया भएकाले संक्रमण, रक्तस्राव, सुन्निने, संवेदनामा अस्थायी परिवर्तन, दाग बस्ने वा अपेक्षाअनुसार कपाल नउम्रिने जोखिम हुन सक्छ। दुर्लभ अवस्थामा कपालको जरामा स्थायी क्षति पनि हुन सक्छ। त्यसैले योग्य चिकित्सक, उचित स्वास्थ्य परीक्षण, सुरक्षित उपकरण र संक्रमण नियन्त्रणको व्यवस्था भएको केन्द्र छनोट गर्नुपर्छ। महिलाले पनि कपाल प्रत्यारोपण गराउन सक्छन्? सक्छन्। तर महिलामा कपाल झर्नुको कारण फरक हुन सक्छ। आइरनको कमी, थाइराइड, हर्मोनसम्बन्धी समस्या वा अन्य रोगका कारण कपाल पातलो भएको अवस्थामा पहिले कारण पहिचान गरी उपचार गर्नुपर्छ। सबै महिलालाई प्रत्यारोपण उपयुक्त हुँदैन। कपाल झर्ने ढाँचा, दाता क्षेत्रमा उपलब्ध कपाल र अपेक्षित परिणामका आधारमा यसको उपयुक्तता निर्धारण गरिन्छ। कपाल तथा छाला रोग विशेषज्ञ एवं कपाल प्रत्यारोपण शल्यचिकित्सक डा. रूपक घिमिरे। पीआरपी उपचार के हो? पीआरपी अर्थात् प्लेटलेट रिच प्लाज्मा उपचारमा व्यक्तिकै रगतबाट प्लेटलेट बढी भएको प्लाज्मा छुट्याएर टाउकोको छालामा लगाइन्छ। यसले केही व्यक्तिमा कपालको घनत्व वा मोटाइ सुधार्न मद्दत गर्न सक्छ। तर सबैमा समान परिणाम आउँदैन र यसको प्रभावकारितासम्बन्धी प्रमाण सीमित छन्। उपचारको खर्च, आवश्यक सत्र र सम्भावित लाभबारे विशेषज्ञसँग छलफल गर्नुपर्छ। सन्तुलित खानपान, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र कपाललाई अत्यधिक तान्ने वा रासायनिक पदार्थको दुरुपयोग गर्ने बानीबाट बच्नु उपयोगी हुन्छ। कपाल बलियो बनाउन खानपानमा ध्यान दिनुपर्छ? पर्याप्त प्रोटिन, आइरन, जिङ्क र अन्य आवश्यक पोषक तत्त्व भएको सन्तुलित खानपान महत्त्वपूर्ण हुन्छ। दाल, गेडागुडी, अण्डा, माछा, मासु, दूध तथा हरियो सागसब्जीबाट आवश्यक पोषण प्राप्त गर्न सकिन्छ। शरीरमा कमी नभईकन भिटामिन वा अन्य सप्लिमेन्ट धेरै मात्रामा खानु उचित हुँदैन। केही पोषक तत्त्वको अत्यधिक सेवनले उल्टै स्वास्थ्यमा असर पार्न सक्छ। कपाल झर्ने समस्या भएका व्यक्तिले के गर्नुपर्छ? सबैभन्दा पहिले कपाल झर्नुको कारण पहिचान गर्नुपर्छ। सन्तुलित खानपान, पर्याप्त निद्रा, तनाव व्यवस्थापन र कपाललाई अत्यधिक तान्ने वा रासायनिक पदार्थको दुरुपयोग गर्ने बानीबाट बच्नु उपयोगी हुन्छ। कपाल अचानक धेरै झरेमा, खाली भाग देखिएमा वा टाउकोको छालामा समस्या भएमा छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ। समयमै सही उपचार सुरु गर्दा धेरै अवस्थामा कपाल झर्ने प्रक्रिया नियन्त्रण गर्न सकिन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढ्यो, सिन्धुलीगढी र सेल्फी डाँडामा पर्यटकको घुइँचो
ताजा खबरJust now

दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारी चाप बढ्यो, सिन्धुलीगढी र सेल्फी डाँडामा पर्यटकको घुइँचो

सिन्धुली । दशैं बिदा सकिएसँगै बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ। दशैं मनाउन घर गएका सर्वसाधारण काठमाडौं फर्किन थालेपछि राजमार्गमा चहलपहल बढेको हो। सवारी चाप बढेसँगै सिन्धुलीका प्रमुख पर्यटकीय गन्तव्य सिन्धुलीगढी र सेल्फी डाँडामा पनि आन्तरिक पर्यटकको घुइँचो देखिन थालेको छ। काठमाडौं फर्किने क्रममा यात्रुहरू यी स्थानमा केही समय रोकिएर मनोरम दृश्यावलोकन गर्ने, फोटो तथा भिडियो खिच्ने र रमाउने गरेका छन्। पर्यटकीय ...

हिमालय टाइम्स
हुम्डेका बाढी प्रभावितलाई राहत वितरण
ताजा खबरJust now

हुम्डेका बाढी प्रभावितलाई राहत वितरण

यदुप्रसाद भट्ट मनाङ, कात्तिक ८ गते । मनाङको हुम्डेस्थित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी दसैँको पूर्वसन्ध्यामा पहिलो पटक राहत सामग्री वितरण गरिएको छ । बाढीपछि राहत तथ... ...

गोरखापत्र
भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते
ताजा खबरJust now

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

काठमाडौं । चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् परियोजनाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सरकारी अधिकारीका अनुसार शुक्रबार राति भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरी चौकी, सरकारी कार्यालय तथा जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनीसमेत गरेका छन् । मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् […] ...

लोकपथ
कात्तिक १२ मा कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई शपथ गराउने तयारी
ताजा खबरJust now

कात्तिक १२ मा कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई शपथ गराउने तयारी

• नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ र प्रमाणपत्र वितरण गर्ने तयारी। • वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा विदेशमा भएकाले कार्यक्रमको मिति उनको स्वदेश फिर्तीपछि टुंगो लगाइने। • महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ, जसमा सभापति गगन थापाले शपथ लिइसकेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play