कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो । जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए । दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनाको विश्लेषण गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ । तीव्र गतिमा चलाएका कारण २० वटा दुर्घटना भएका छन् । कास्कीका गत असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाले ज्यान गुमाएका थिए भने १५ जना घाइते भएका थिए । “असोजमा अन्य महिनाका तुलनामा धेरै दुर्घटना भएको छ । विद्यालय बस दुर्घटनामा धेरै मानवीय क्षति भयो । यसका अलावामा अन्य साना दुर्घटनासमेत गत महिनामा बढी भए । चालकको लापरवाही र तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको छ”, प्रनाउ पासवानले भन्नुभयो । प्रहरीका अनुसार दुर्घटनाका अन्य कारणमा मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण १०, सवारीचालक अनुमतिपत्र नभएका चालकका कारण पाँच, यान्त्रिक समस्याका कारण एउटा र अन्य कारणले २३ वटा दुर्घटना भएका छन् । प्रहरीले असोज महिनामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध चार हजार ७८५ वटा कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ३९ लाख ९८ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, विपद्का घटनामा जिल्लामा दुई जनाको मृत्यु भएको छ । सुक्खा पहिरोमा परेर दुई जना पुरुषको ज्यान गएको थियो । असोज महिनामा कास्कीमा आगलागीका पाँच, अविरल वर्षाका २८, चट्याङका दुई र सुक्खा पहिरोका दुई घटना भएका छन् । अविरल वर्षाका कारण चार घरमा आंशिक क्षति पुगेको छ भने चट्याङका घटनामा तीन चौपायाको मृत्यु भएको छ । यसैगरी प्रहरीले प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा सात वटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाहीका लागि स्थानीय तहमा पठाएको छ । उक्त कारबाहीबाट रु एक लाख १४ हजार राजस्व सङ्कलन भएको बताइन्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा
मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी... ...

थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक
मुस्ताङ।लमजुङको बेंसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ। समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै ...

नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ?
प्रश्न यति मात्रै होइन । नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ? ...



