कालीगण्डकी बाढीले दोबा जोड्ने पुल जोखिममा

म्याग्दी।दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सीमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटे पुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न वाध्य भएका हुन्। बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ। पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन्। करिब दुई दशकअघि बेनी–जोमसोम सडकको मार्ग खोल्ने क्रममा दोबावासीले कालीगण्डकी नदीमा पुल निर्माण गर्न माग गरेपछि पुल निर्माण गरिएको थियो। सडक विभाग अन्तर्गतको बेलिब्रिज भएकाले यसको मर्मत सम्भार स्थानीय तहभन्दा सडक विभागले नै गर्नुपर्ने उपाध्यक्ष पुनले बताइन्। पुलमा भएको क्षतिबारे गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको उनले बताइन्। हाल बेलिब्रिज एकतर्फी सञ्चालन भइरहेको छ। नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको स्थानीयवासी अमृत पुनले बताए। दोबा जोड्ने एक मात्र बेलिब्रिज भएकाले सम्बन्धित निकायले तत्काल मर्मत सम्भार गर्नुपर्ने उनको भनाइ छ। दोबामा करिब ३०० घर परिवारको बसोबास छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/npl-3rd-edition-lumbini-sudur-%20(34).jpg)
एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार शुरूआत, सुदूरपश्चिम निरीह [फोटोफिचर]
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) साविक विजेता लुम्बिनी लायन्सले शानदार शुरूआत गरेको छ । ...

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सोमबार दिउँसो स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ–१० का ६० ...

जो कांग्रेस छन्, ती किन छन् ?
नयाँ परिवेशमा पदाधिकारी हुन चाहने सबै तहका सदस्यलाई ‘नयाँ कांग्रेस’ ले सोध्नुपर्ने छ– तपाईं कांग्रेसमार्फत समाजलाई के दिन्छु भनेर आउन लाग्नुभएको हो ? यो प्रश्नको निहितार्थ हुनेछ– तपाईंको व्यक्तिगत छविका कारण दुनियाँले तपाईं यो पार्टीमा आएको वा बसेको सकेसम्म केही दिन होइन, बरु लिन हो भन्ने बुझेको स्थिति त छैन? ...

एनपिएल ३ मा च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुआत
काठमाडौँ, कात्तिक ९ गते । उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लाइनसले सोमबार पहिलो खेलमा सुदूरपश्चि रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार सुरुआत... ...


