Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौं।बाढी-पहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले आपतकालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। गए रातिदेखि प्रसारण लाइनको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारण लाइनका चार वटा टावरमा क्षति पुर्‍याएको थियो। तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो। प्रसारण लाइन अवरुद्ध हुँदा दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् प्रणालीमा प्रवाह हुन सकेको थिएन। प्रसारण लाइन पुनः सञ्चालनमा आएसँगै ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने यस प्रसारण लाइनको कुल लम्बाइ करिब १३० किलोमिटर छ। यस प्रसारण लाइनको विद्युत् प्रवाह क्षमता एक हजार २०० मेगावाट छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]
ताजा खबरJust now

आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]

बूढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल क्षतिग्रस्त बनाएपछि त्यहाँ बेलिब्रिज निर्माणको काम तीव्र ...

हाम्राकुरा
ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड
ताजा खबरJust now

ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो किंग्स’ प्रदर्शनमा आयोजकहरूले आगामी मध्यावधि निर्वाचनमा मतदान गर्न नागरिकलाई प्रेरित गरेका छन् । नोभेम्बर ३ मा हुने निर्वाचनअघि मतदाता दर्ता... ...

रातोपाटी
५ लाखले छोडे काठमाण्डु (फाेटाेफिचर)
ताजा खबरJust now

५ लाखले छोडे काठमाण्डु (फाेटाेफिचर)

काठमाण्डु– बडादसैँ मनाउन काठमाण्डु उपत्यका छाड्ने यात्रुको सङ्ख्या ५ लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको […] ...

काठमाण्डुपाटी
उपत्यकाबाट पाँच लाख यात्री दसैं मनाउन घर फर्किए
ताजा खबरJust now

उपत्यकाबाट पाँच लाख यात्री दसैं मनाउन घर फर्किए

काठमाडौँ, कात्तिक १ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play