Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

कालिमाटी बजारमा सिताके च्याउ प्रतिकिलो एक हजार, पार्सले २८ सय रुपैयाँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कालिमाटी बजारमा सिताके च्याउ प्रतिकिलो एक हजार, पार्सले २८ सय रुपैयाँ
Photo / Coverage: विश्वखबर

काठमाडौं – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूल, तरकारी, सागपात तथा अन्य खाद्यवस्तुको थोक मूल्य सार्वजनिक गरेको छ । समितिको दैनिक मूल्यसूचीअनुसार ११६ प्रकारका वस्तुको न्यूनतम, अधिकतम र औसत मूल्य निर्धारण गरिएको छ । आजको मूल्यसूचीअनुसार तरकारीतर्फ सिताके च्याउ सबैभन्दा महँगो देखिएको छ। यसको प्रतिकिलो मूल्य न्यूनतम ८०० देखि अधिकतम एक हजार रुपैयाँसम्म कायम गरिएको छ। त्यस्तै, कुरिलोको मूल्य प्रतिकिलो ७०० देखि ८०० रुपैयाँ रहेको छ। सजिवन प्रतिकिलो २०० देखि २५० रुपैयाँ, रातो बन्दाकोबी १३० देखि १५० रुपैयाँ तथा गान्टे मूलाको मूल्य १०० देखि १२० रुपैयाँ तोकिएको छ । गोलभेडा ठूलो (नेपाली) प्रतिकिलो ६० देखि ७० रुपैयाँ, गोलभेडा सानो ९लोकल० २० देखि ३० रुपैयाँ र सानो गोलभेडा (टनेल) ४० देखि ६० रुपैयाँ कायम भएको छ। रातो आलु प्रतिकिलो ५५ देखि ६० रुपैयाँ तथा सेतो आलु २५ देखि ३२ रुपैयाँमा कारोबार हुने सूचीमा उल्लेख छ। गाजर (लोकल) प्रतिकिलो ८० देखि ९० रुपैयाँ र तराईको गाजर ५० देखि ६० रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउली प्रतिकिलो ३० देखि ४० रुपैयाँ, तराईको काउली २० देखि ३० रुपैयाँ, बन्दा २५ देखि ३० रुपैयाँ र मूला २० देखि ३० रुपैयाँ कायम भएको छ। मटरकोशा प्रतिकिलो १०० देखि १३० रुपैयाँ, घिउ सिमी ९लोकल० ५० देखि ६० रुपैयाँ, घिउ सिमी ९राजमा० १२० देखि १४० रुपैयाँ तथा तितो करेला ७० देखि ८० रुपैयाँमा बिक्री हुने मूल्यसूचीमा उल्लेख छ । भिण्डीको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँ र सखरखण्ड ८० देखि ९० रुपैयाँ रहेको छ । सागपाततर्फ पार्सले सबैभन्दा महँगो देखिएको छ। यसको प्रतिकिलो मूल्य २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँसम्म निर्धारण गरिएको छ। पुदीनाको मूल्य ६०० देखि ७०० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ र गुन्द्रुक ३०० देखि ३५० रुपैयाँ रहेको छ । पालुङ्गो साग प्रतिकिलो ८० देखि १२० रुपैयाँ, रायो साग ३० देखि ४० रुपैयाँ र तोरीको साग ३० देखि ५० रुपैयाँमा कारोबार हुने सूचीमा उल्लेख छ । फलफूलतर्फ ड्रागन फ्रुट प्रतिकिलो ४०० देखि ५०० रुपैयाँ कायम भएको छ। फुजी स्याउ प्रतिकिलो ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३०० रुपैयाँ र मुस्ताङको स्याउ २०० देखि २५० रुपैयाँ रहेको छ। अनार प्रतिकिलो ३०० देखि ३५० रुपैयाँ, नेपाली सुन्तला ७० देखि ८० रुपैयाँ र भारतीय सुन्तला ९० देखि १२० रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाली केरा प्रतिदर्जन १०० देखि १५० रुपैयाँ, कागती प्रतिकिलो १५० देखि २५० रुपैयाँ, मौसम १५० देखि २०० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ तथा किवी २०० देखि ३०० रुपैयाँमा कारोबार हुने मूल्यसूचीमा उल्लेख छ । अम्बा प्रतिकिलो १५० देखि २०० रुपैयाँ, मेवा ९नेपाली० ५० देखि ६० रुपैयाँ र आभोकाडो २०० देखि ३०० रुपैयाँ रहेको छ । मसला तथा प्याज–लसुनतर्फ सुकेको भारतीय प्याज प्रतिकिलो ८८ देखि ९२ रुपैयाँ, अदुवा ८० देखि १०० रुपैयाँ र सुकेको खुर्सानी ५०० देखि ५६० रुपैयाँ कायम भएको छ। नेपाली तथा चिनियाँ सुकेको लसुन प्रतिकिलो २३० देखि २६० रुपैयाँ रहेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची थोक बजारको कारोबारका लागि निर्धारण गरिएको हो । वस्तुको गुणस्तर, प्रकार र उपलब्धताअनुसार मूल्य फरक पर्न सक्ने भएकाले खुद्रा बजारमा उपभोक्ताले तिर्नुपर्ने मूल्य भने यसभन्दा फरक हुन सक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात
Latest NewsJust now

काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात

झापा । काँकडभिट्टा नाकाबाट गत असोज महिनामा रु ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलैँचीभारत निर्यात भएको छ । उहाँका अनुसार रु ४९ करोड ५४ लाख ५२ हजार बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया, रु ४४ करोड २३ ...

कर्पोरट खबर
जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा
Latest NewsJust now

जलवायु न्यायका लागि नेपालले उठायो हिमालको मुद्दा

१.५ डिग्री तापक्रम सीमित गर्न परराष्ट्रमन्त्री खनालको विश्व समुदायलाई आग्रहकाठमाडौँ, कात्तिक २४ गते । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गए... ...

गोरखापत्र
संखुवासभामा नेपाल सम्वत् ११४७ को स्वागत
Latest NewsJust now

संखुवासभामा नेपाल सम्वत् ११४७ को स्वागत

बाजागाजा, मौलिक भेषभूषा र सांस्कृतिक प्रस्तुतिसहितको र्‍यालीले नयाँ वर्षको स्वागतसँगै पुर्ख्यौली परम्परा संरक्षणको सन्देश दिएको छ। ...

कान्तिपुर
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

काठमाडौँ, कात्तिक २४ गते । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play