काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाउने भएका छन्। प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएपछि वरियताक्रमअनुसार श्रेष्ठलाई उक्त जिम्मेवारी दिन लागिएको हो। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार औपचारिक भारत भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार साँझ स्वदेश फर्किनेछन्। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी श्रेष्ठको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी तोक्नेछन्।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्तलाई

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






