काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार

काठमाडौं।अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो । सडकखण्डको काम सम्पन्न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्न हुन नसकेपछि ठेक्का तोडिएको हो । ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ । निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन ताकेता गर्दा समेत सडक कटान तथा संरचना निर्माणको कामले अपेक्षित गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको हो । कुल १० किलोमिटर लम्बाइको यस सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान रहेको थियो । ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीबाट ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ । यससँगै सडक डिभिजनमार्फत लामो समयसम्म सडक तथा पुल निर्माणको काम नगर्ने ६ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । २०७६ देखि काम अलपत्र परेका योजनाहरुको ठेक्का तोडिएको हो । तोडिएका ठेक्काहरुमा साँफे–मार्तडी सडकको मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत र नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक, मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन् ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने
काठमाडौँ । धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सडक पूर्वाधार स्तरोन्नतिका सम्बन्धमा सरकार र स्थानीय जनप्रतिनिधिबिच महत्त्वपूर्ण सहमति भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पूर्वाधार विकास मन्त्री सुनील... ...

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
गोरखा, कात्तिक १२ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा... ...

मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स)ले भेट गरेका छन् । बिहीबार भएको भेटमा उनीहरूबिच जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण,... ...

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार : चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी,... ...


