कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि (कात्तिक १३ र १४ गते) बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कान्ति राजमार्गमा सवारी आवागमनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए । उनका अनुसार बङ्गालको खाडीमा बनेको अर्नब चक्रवातको प्रभावका कारण जिल्लामा बिहीबारदेखि निरन्तर वर्षा भइरहेकाले सडक तथा राजमार्गमा बाढीपहिरोको उच्च जोखिम देखिएको हो । सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले उक्त अवधिमा कान्ति राजमार्गमा सवारीसाधन सञ्चालन नगर्न तथा यात्रा नगर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सञ्चारकर्मीमाथिको धरपकड सरकारको फासिवादी चरित्र: एमाले
नेकपा (एमाले)ले सञ्चारकर्मीहरूमाथि गरिरहेको धरपकड सरकारको फासिवादी चरित्र भएको बताएको छ। शुक्रबार विज्ञप्ति प्रकाशित गरी एमाले नेता निरज आचार्यले ‘सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने जुन कार्य गरिरहेको छ, त्यो अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक हो’ भनेका ... ...

कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, दबाबमा राख्ने प्रयासहरू अस्वीकार्य : रास्वपा
• राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै कडा आपत्ति जनाएको छ। • पार्टीले स्वतन्त्र प्रेसलाई त्रसित पार्ने प्रयासहरू अस्वीकार्य भएको र सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त रिहा गर्न माग गरेको छ। • रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। ...

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय... ...

प्रधानमन्त्री कार्यालय भन्छ पत्रकार धरपकडबारे कुनै जानकारी छैन, सबै छोडिसक्यौ सञ्चारमन्त्री
• राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाहको सचिवालयले पत्रकारमाथिको धरपकडबारे जानकारी नभएको बताएका छन्। • पत्रकारलाई पक्राउ गर्ने कार्य प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विपरीत रहेको रास्वपाको भनाइ छ। • सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्। ...


