कात्तिक ८ देखि मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा, २३ दिनमा देश परिक्रमा

काठमाडौँ । वैदिक सनातन धर्मको प्रचार, आध्यात्मिक चेतना विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कात्तिक ८ देखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा–२०८३ आयोजना हुने भएको छ। मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्सङ्कल्पमा आयोजना हुने रथयात्राले देशका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्ने आयोजकले जनाएको छ। मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले मुक्तिनाथ, कालीगण्डकी र मुक्तिक्षेत्रको धार्मिक महत्त्व प्रचार गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन, सनातन संस्कृतिको संरक्षण र राष्ट्रिय एकताको भावना बलियो बनाउन सहयोग पुग्नेछ। कार्यतालिकाअनुसार कात्तिक ८ गते मुक्तिनाथबाट सुरु हुने रथयात्रा जोमसोम, गलेश्वर र बेनी हुँदै बागलुङ, पर्वत र पोखरा पुग्नेछ। त्यसपछि काठमाडौँ उपत्यका हुँदै सिन्धुली, उदयपुर, चतराधाम, धरान, विराटनगर, झापा र जनकपुरधामलगायतका क्षेत्रको यात्रा गर्नेछ। रथयात्रा मधेश प्रदेशका विभिन्न स्थान हुँदै हेटौँडा, चितवन, नवलपरासी, बुटवल, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी, सुर्खेत र दाङ पुग्नेछ। अन्तिम दिन कात्तिक ३० गते भैरहवा र परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर यात्रा समापन गरिनेछ। रथयात्राको समापनपछि त्रिवेणीधाममा मङ्सिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३’ आयोजना गर्ने कार्यक्रम रहेको छ। आयोजकका अनुसार रथयात्राले धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसारसँगै विभिन्न क्षेत्रका धार्मिक संस्थाबीच सहकार्य र तीर्थस्थलबीचको सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


