काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको नि:शुल्क बस सेवा सञ्चालन

काठमाडौं । दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बल नेपालले नि:शुल्क बस सेवा सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बलले काठमाण्डौ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहजताका लागि २ वटा बस नि:शुल्क रूपमा सञ्चालन गरेको जनाएको छ । दशैँमा काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातका साधन न्यून रूपमा चल्ने भएकाले आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ नि:शुल्क २ वटा बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । नि:शुल्क बस सेवा आजदेखि लगातार ३ दिन अर्थात् दशैँको टीकाका दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई सेवा दिनेछ । त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क, हुँदै विभिन्न ठाउँका यात्रुलाई नि:शुल्क सेवा प्रदान गर्नेछ । The post काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको नि:शुल्क बस सेवा सञ्चालन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बाढीले खोस्यो घर, पीडितको दसैं कष्टकर
बागलुङको निसीखोलाको बाढीले २६ घर नामेट भएका छन् । पहिरोले घर बगाएपछि एकै घरका चार जनासहित पाँच जनाको मृत्यु पनि भएको थियो । पीडितहरू अहिले अरूकै आश्रयमा छन् । ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग
काठमाडाैं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाउनुभएको छ । उहाँले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताउनु भयो । लुम्बिनीको ...

युक्रेन युद्ध अन्त्य गर्न पुटिनको प्रस्ताव : ट्रम्प र सीसँग त्रिपक्षीय शिखर वार्ता गर्ने तयारी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्। प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए। ...

दशैंको लागि बजार झारेका च्याङ्ग्राको बथान (फोटो फिचर)
• मुस्ताङबाट १३ हजार २७९ वडा भेडा च्याङ्ग्रा बिक्रीको लागि बजार झारिएको छ। • यस वर्ष मुस्ताङबाट करिब ३५ करोड बराबरको भेडारच्याङ्ग्रा निकासी भएको छ। • च्याङ्ग्राहरु तिब्बत र डोल्पा हुँदै मुस्ताङ भित्र्याइएका हुन्। ...


