Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काठमाडौं फिल्म फेस्टिभल : ‘मौलिक र नौलो’

काठमाडौं फिल्म फेस्टिभल : ‘मौलिक र नौलो’

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं फिल्म फेस्टिभल : ‘मौलिक र नौलो’

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ सहभागी कलाकारहरूले आफूले सहभागिता जनाएका अन्य फेस्टिभलभन्दा मौलिक र नौलो भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार वसन्तपुरमा सम्पदा पदयात्रा तथा खुला सांस्कृतिक प्रस्तुतिसहित सुरु भएको फेस्टिभलमा डबली, चोक र मन्दिरका सिँढीमा परम्परागत नृत्य, गायन तथा वादन प्रस्तुत गरिएको थियो । स्वदेशी तथा विदेशी कलाकार, कूटनीतिक नियोगका प्रमुख र स्थानीय तहका जनप्रतिनिधिहरूले सांस्कृतिक प्रस्तुतिको अवलोकन गर्नुका साथै नाचगानमा समेत सहभागिता जनाएका थिए । फेस्टिभलको उद्घाटनका अवसरमा सहभागी कलाकारहरूले काठमाडौंको मौलिक कला, संस्कृति र सम्पदालाई चलचित्रसँग जोड्ने प्रयास प्रशंसनीय रहेको बताए । भारतीय चलचित्र उद्योगमा पाँच दशकदेखि आबद्ध विशिष्ट प्राध्यापक मार्को मुलरले आफू सहभागी भएका फेस्टिभलमध्ये काठमाडौं फिल्म फेस्टिभल मौलिक र सांस्कृतिक स्वादले भरिपूर्ण रहेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चलचित्र मनोरञ्जनको माध्यममात्र नभई समाजको सोच र दृष्टिकोण निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताउनुभयो । चलचित्र क्षेत्रमार्फत काठमाडौंका टोल, गल्ली र बस्तीलाई अन्तर्राष्ट्रिय जगत्सँग जोड्ने महानगरको लक्ष्य रहेको उहाँको भनाइ थियो । उहाँले अग्ला भवन र चिल्ला सडकले मात्र समृद्धि नआउने उल्लेख गर्दै स्थानीय भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण तथा पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले फेस्टिभलले काठमाडौंलाई सांस्कृतिक शहरका रूपमा स्थापित गर्दै समृद्ध महानगर निर्माण गर्ने अभियानमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उद्घाटनका क्रममा वसन्तपुर, कुमारी घर, नारायण मन्दिर, माजु देगः लगायतका सम्पदा क्षेत्रमा गणेश चर्या, अष्टमातृका नृत्य, परम्परागत नृत्य तथा सांस्कृतिक अर्केष्ट्रा प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक समूहसँगै कुटुम्ब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि प्रस्तुति दिएका थिए । कार्यक्रमको अन्त्यमा मुनासा नेपालले सांस्कृतिक प्रस्तुति तथा आर्मय नकर्मीको निर्देशनमा ‘हसाना (सन्देश)’ नाटक प्रदर्शन गरिएको थियो । आयोजकले चलचित्रलाई रचनात्मक उद्योगका रूपमा विकास गर्दै काठमाडौंको कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरेको जनाएको छ । विभिन्न देशका फिल्मकर्मी, निर्देशक, निर्माता, कलाकार तथा फिल्म क्षेत्रका सरोकारवालाहरूको सहभागितामा फेस्टिभल आयोजना भइरहेको छ । शनिबार फेस्टिभलमा नेपाली पानोरामा, अन्तर्राष्ट्रिय पानोरामा तथा सर्ट फिल्म भिडियो च्यालेञ्जमार्फत प्राप्त चलचित्रहरू प्रदर्शन गरिएका छन् । फिल्म प्रदर्शनसँगै प्यानल डिस्कसन, मास्टर क्लास, रेड कार्पेटलगायत कार्यक्रम फेस्टिभलका आकर्षण छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

नेपाललाई मेडिकल हब बनाउने तयारी
ताजा खबरJust now

नेपाललाई मेडिकल हब बनाउने तयारी

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १५ गते । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्धनका लागि... ...

गोरखापत्र
टोटनहम आठौं स्थानमा
ताजा खबरJust now

टोटनहम आठौं स्थानमा

लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ । ...

कान्तिपुर
रास्वपा सचिवालय बैठकका चार निर्णय, गैरजिम्मेवार आदेश दिनेलाई कार्वाही गर्न सरकारलाई निर्देशन
ताजा खबरJust now

रास्वपा सचिवालय बैठकका चार निर्णय, गैरजिम्मेवार आदेश दिनेलाई कार्वाही गर्न सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकबाट शनिबार (कात्तिक १४) विभिन्न निर्णय गरिएको छ । स्वयम्भूस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकका चार निर्णय सार्वजनिक गरिएको छ । बैठकको पहिलो नम्बरको निर्णय शुक्रबार (कात्तिक १३) गरिएको पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशका विषयमा छ । पार्टीले लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कहिल्यै सम्झौता नगर्ने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play