‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागी हुने

काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुने जनाएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलकी निर्देशक आयुषा श्रेष्ठले नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह आयोजना गरिने जानकारी दिइन् । काठमाडौंको संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले बताइन् । पुराना कलाकारको सम्मान गर्नुका साथै उनीहरूको सिर्जनात्मक कलालाई नयाँ पुस्तासम्म पुर्याउनु पनि फेस्टिभलको उद्देश्य रहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार अभिनेत्री शबाना आजमीले कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवाद कार्यक्रममा सहभागिता जनाउनेछिन् । सोही दिन जापानी निर्देशक ताकायुकी नाकामुराले राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिने कार्यक्रम छ । फेस्टिभलको पहिलो दिन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रा आयोजना गरिनेछ । कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रमसँगै पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’ प्रदर्शन गरिने आयोजकले जनाएको छ । श्रेष्ठले फेस्टिभलका सबै चलचित्र नागरिकले निःशुल्क हेर्न पाउने बताइन् । चलचित्र हेर्नका लागि दर्शकले सिट रिजर्भेसन भने गर्नुपर्नेछ । उनका अनुसार फेस्टिभलका कार्यक्रम वसन्तपुर, सिटी हल, जय नेपाल सिनेमा र बौद्ध क्षेत्रमा आयोजना हुनेछन् । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई फेस्टिभलका कार्यक्रमसँग जोडेर काठमाडौंको सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्य राखिएको उनले बताइन् । जय नेपाल हलमा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिने पनि उनले जानकारी दिइन् । फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमी र अस्ट्रेलियाली चलचित्र निर्माता मुलर सहभागी हुने श्रेष्ठले बताइन् । पहिलो दिन आयोजना गरिने सम्पदा यात्रामार्फत काठमाडौंको सम्पदा र सांस्कृतिक विशेषता चिनाउने लक्ष्य रहेको उनको भनाइ छ । फेस्टिभलअन्तर्गत ‘नेपाल पानोरामा सर्ट्स’ विधामा नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले खुला आह्वानमार्फत प्राप्त गरेका ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । फेस्टिभलमा नेपालसहित विभिन्न देशका चलचित्र प्रदर्शन गरिनेछन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

१२ देखि १४ गते तीन दिन पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण हिमपात, हिमआँधी र हिम पहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि अध्यागमन विभागले तीन दिनका लागि जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने निर्णय गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम प्रतिकूल रहने सम्भावना देखिएकाले उक्त अवधिमा जोखिमयुक्त क्षेत्रमा जाने पदयात्री तथा विदेशी पर्यटकलाई अनुमति प्रदान गरिने छैन। मौसमसम्बन्धी ...

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह
१० कात्तिक, काठमाडौं । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ । विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र… ...

एनपीएल : कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । जनकपुरका मयान यादवले १४, त्रित राज दासले १ र मोइन अलीले १९ रन बनाए । ...

रास्वपाकै पूर्व अडान विपरीतका प्रावधान राखेर आयो भूमि अध्यादेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याएको भूमि अध्यादेशमा रास्वपा प्रतिपक्षमा हुँदा ल्याउनै हुँदैन भनेको प्रावधान समेत हुबहु राखिएको छ । ...


