Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं उपत्यकामा असिनासहित वर्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं उपत्यकामा असिनासहित वर्षा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।काठमाडौं उपत्यकामा बुधबार दिउँसो असिनासहित वर्षा भएको छ। दिउँसो एकाएक मौसम बदलिएपछि उपत्यकाका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भएको हो। वर्षासँगै केही क्षेत्रमा असिना परेपछि सडकमा हिँडडुल गर्ने सर्वसाधारण र सवारी चालक प्रभावित भएका छन्। अचानक परेको वर्षाले दैनिक आवागमनमा समेत असहजता थपेको छ। वर्षापछि उपत्यकाको तापक्रम घट्दा चिसो महसुस गरिएको छ। केही समयअघिसम्म सामान्य रहेको मौसम एकाएक बदलिएपछि जनजीवन प्रभावित बनेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा
Latest NewsJust now

स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

काठमाडौं । स्वरुप परिवर्तन गरी चर्को आवाज निकाल्ने ५६ वटा मोटरसाइकल तथा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तिहारका बेला शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतका प्रहरी एकाइले विभिन्न स्थानमा गरेको सुरक्षा जाँचका क्रममा ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर ...

केन्द्रबिन्दु
तस्विरमा हेर्नुस्, अञ्जली दिदीको सामूहिक भाइटीका
Latest NewsJust now

तस्विरमा हेर्नुस्, अञ्जली दिदीको सामूहिक भाइटीका

• अञ्जली दिदीले २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका आयोजना गर्दै आएकी छन्। • भाइटीका परम्परा श्रद्धा, माया र भावना साटासाट गर्ने उत्सवको रूपमा मनाइन्छ। • हरेक वर्षको भाइटीका कार्यक्रममा कोहीको निधार खाली नहोस् भनी प्रयास गरिन्छ। ...

नेपालबहस
कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन
Latest NewsJust now

कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको छ।  चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो। यो अवधिमा लक्ष्यभन्दा बढी एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिए।  पोखरामा आयक... ...

नेपालखबर
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
Latest NewsJust now

रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ

लन्डन । रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टरनजिकैबाट पक्राउ गरिएको हो । राष्ट्रिय सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा पक्राउ परेका सैनिक हाल लन्डनस्थित प्रहरी हिरासतमा छन् । यस घटनाको अनुसन्धानमा अमेरिकी सेना, प्रहरी तथा सुरक्षा निकायले बेलायती […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play