काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो । काठमाडौँका लागि राशिद खानले ५२ रन बनाए भने सहान अराचचिगेले ३३, विलियन बोसिस्टोले २७ रन बनाएका थिए । त्यस्तै चितवन राइनोजका रिजन ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र सिकन्दर राजाले २-२ विकेट लिएका थिए । The post काठमाडौंले चितवन राइनोजलाई दियो १८१ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
काठमाडौंले चितवन राइनोजलाई दियो १८१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on कर्पोरट खबर






