काठमाडौं । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले चेकजाँचका क्रममा शंकास्पद अवस्थामा फेला परेको मोटरसाइकलमा दुई जना सवार र चोरीको मोटरसाइकल बिक्री गर्ने एक जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार राति करिब ११ बजे काठमाडौं महानगरपालिका–७ चाबहिलमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बा ८४ प ५४८४ नम्बरको सेतो–कालो एनएस मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई गोकर्ण बस्ने २१ वर्षीय तेन्जिङ लामा र जुगल गाउँपालिका–३ घर भई माकलबारी सानो पुल बस्ने १९ वर्षीय लाक्पा शेर्पा रहेका छन्। उनीहरूसँग सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको भएको र बिक्री गर्ने व्यक्ति समीर तामाङ रहेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा कात्तिक २८ गते सुन्दरीजलको भद्रबासबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ निवासी २८ वर्षीय दशलाल भन्ने समीर तामाङलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट एनएस २०० मोटरसाइकल, एनटर्क स्कुटर, दुई थान नम्बर प्लेट, एक थान सवारी दर्ता किताब, टुल बक्स, १३ थान टुलकिट र चार थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौंमा मोटरसाइकल चोरीको गिरोह फेला, तीन जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






