Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ, फरार कसुरदार पनि नियन्त्रणमा

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ, फरार कसुरदार पनि नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : ७५ जना पक्राउ, फरार कसुरदार पनि नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’मा ७५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ६० पुरुष र १४ महिला रहेका छन् भने अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपास र नागरिकको बढी आवतजावत हुने क्षेत्रमा विशेष प्रहरी परिचालन गरी अभियान सञ्चालन गरिएको हो। प्रहरीले सार्वजनिकस्थल तथा यातायातका साधनमा हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। अभियानका क्रममा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदार पक्राउ परेका छन्। त्यस्तै, विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने, फरार कसुरदार तथा प्रतिवादीको खोजी गर्ने र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। पक्राउ परेका व्यक्तिको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
ताजा खबरJust now

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

काठमाडाैँ। सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्। चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मङ्गलबार... ...

रातोपाटी
सुडानमा व्यापक ड्रोन हमला, २१ जनाको मृत्यु
ताजा खबरJust now

सुडानमा व्यापक ड्रोन हमला, २१ जनाको मृत्यु

एजेन्सी– सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मङ्गलबार एएफपीलाई दिएको जानकारीअनुसार, अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) को मुख्य आधार रहेको न्यालाको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो । न्यालाका एक बासिन्दाका अनुसार […] ...

काठमाण्डुपाटी
विराटनगरका श्रीलंकन ब्याटर चरिथ असलंका सस्तैमा आउट, गुम्यो दोस्रो विकेट
ताजा खबरJust now

विराटनगरका श्रीलंकन ब्याटर चरिथ असलंका सस्तैमा आउट, गुम्यो दोस्रो विकेट

चितवनविरुद्ध जवाफी ब्याटिङ गरिरहेको विराटनगर किङ्सले दोस्रो विकेट गुमाएको छ। श्रीलंकन ब्याटर चरिथ असलंका ९ बलमा ८ रन बनाएर आउट भएका हुन्। डीआर मौस्लीले उनलाई एल्बीडब्ल्यु धरापमा पारे।  यसअघि लोकशे बम ४६ रन बनाएर आउट भएका थिए। लोकेश बमले १४ बलमा २६ रन जोडे। पाँचौँ ओभरको तेस्रो बलमा रन्जित कुमारको बलमा विवेक यादवले उनलाई क्याच आउट गरे।  ८ ओभर... ...

नेपालखबर
एनपीएलले खुल्यो स्पोर्ट्स टुरिजमको सम्भावना, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न माग
ताजा खबरJust now

एनपीएलले खुल्यो स्पोर्ट्स टुरिजमको सम्भावना, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न माग

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले देशको पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। प्रतियोगिताका लागि विभिन्न देशका दर्जौँ खेलाडीहरू नेपाल आएर ठुला होटलहरूमा बसिरहेकाले होटल पर्यटन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play