Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/काठमाडौंका सम्पदा चिनाउँदै १० किलोमिटर ‘हेरिटेज रन’

काठमाडौंका सम्पदा चिनाउँदै १० किलोमिटर ‘हेरिटेज रन’

10/25/2026, 9:07:22 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंका सम्पदा चिनाउँदै १० किलोमिटर ‘हेरिटेज रन’

काठमाडौं । काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाको आयोजनामा आइतबार बिहान १० हजार मिटरको ‘हेरिटेज रन–सम्पदा दौड’ आयोजना गरिएको छ। काठमाडौं फिल्म फेस्टिभलसँग जोडिएको उक्त दौड बिहान ६ बजे वसन्तपुरबाट सुरु भएको हो। दौडमा सहभागी धावकहरूले काठमाडौंका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पहिचान प्रवर्द्धन गर्दै दौड पूरा गरेका छन्। महानगरपालिकाले खेलकुद र सम्पदा प्रवर्द्धनलाई जोड्दै आयोजना गरेको यस कार्यक्रमले काठमाडौंको मौलिक संस्कृति, ऐतिहासिक स्थल तथा पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ। दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा अस्ट्रेलियाली पाराओलम्पियन क्याट्रिना बेव, १३औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडतर्फ स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ तथा ओलम्पियन हरिबहादुर रोकायालगायतको उपस्थिति रहेको थियो। दौडको महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको थियो। काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन र सहरको सांस्कृतिक पहिचानलाई खेलकुद गतिविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। तस्बिर : नेपाल फोटो सर्भिस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

एनपीएल : तीन संस्करणको यात्रा, कीर्तिपुरको मैदानबाट शुरु भएको नयाँ युग
ताजा खबरJust now

एनपीएल : तीन संस्करणको यात्रा, कीर्तिपुरको मैदानबाट शुरु भएको नयाँ युग

नेपाली क्रिकेट लामो समयसम्म खेलाडीको प्रतिभा, समर्थकको भावुकता र सीमित स्रोतसाधनका बीचको संघर्षबाट अघि बढ्यो। डिभिजन क्रिकेटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र टी-२० विश्वकपसम्म पुगेको नेपाली क्रिकेटको यात्रामा दर्शकको उत्साह सधैँ ठूलो शक्ति रह्यो । तर खेलाडीको भविष्य, घरेलु प्रतियोगिताको नियमितता, पूर्वाधार, व्यावसायिक लगानी र संस्थागत स्थायित्वका प्रश्न सँगसँगै रहिरहे। नेपाल प्रिमियर लिग (एनपीएल) को शुरुवात यही पृष्ठभूमिमा भएको हो । ...

हिमालय टाइम्स
जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
ताजा खबरJust now

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन –३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकका प्रमूख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगो मात्र राखेको छैन, नेपालमा क्रिकेट मार्फत समुदाय सँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तिकरणका लागि बैंकको ...

केन्द्रबिन्दु
मलेखुको झोलुङ्गे पुललाई वैकल्पिक मार्गमा प्रयोग गरेपछि…
ताजा खबरJust now

मलेखुको झोलुङ्गे पुललाई वैकल्पिक मार्गमा प्रयोग गरेपछि…

धादिङ । त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ । बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउने सूचना टाँसिएको छ । ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play