काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौं।काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजुकुमार भन्ने राजु पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूले यही कात्तिक ७ गते काठमाडौंको कलङ्कीस्थित तासिङडोल मार्गमा बस्ने उर्मिला भन्ने सीता थपलियाको फ्ल्याटमा कोही नभएको मौका पारी ढोकाको ताला फोडेर नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गरेको अनुसन्धानबाट खुलेको हो। उनले भने, “घर तथा फ्ल्याटमा कोही नभएको मौका छोपेर ढोकाको ताला फोडी नगद तथा सुनचाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरेका छौं।” प्रहरीका अनुसार पक्राउ परेकाहरूले यही कात्तिक ६ गते बिहान कलङ्कीको रञ्जित कोलोनीस्थित नीरञ्जन नेपालको घरमा समेत चोरी गरेको खुलेको छ। लगातार दुई दिन फरक–फरक घरमा चोरीका घटना भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा चोरीका घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूको साथबाट चोरी गरिएका सुन तथा चाँदीका गरगहना र नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई बरामद गरिएका सामानसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

एनपीएल : तस्बिरमा कर्णाली याक्सविरूद्ध जनकपुर बोल्ट्सको खेल
तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको दोस्रो दिनको दोस्रो खेलका झलक । ...

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी
जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स ब्याइज क्लबलाई पाल्पाली क्रिकेट प्लेयर्सले २८ रनले हराएको हो । ...

विपिन आचार्यको नेतृत्वमा २० सांसद चीन जाँदै
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री विपिन कुमार आचार्य नेतृत्वको २० सदस्यीय टोली कात्तिक २९ गते चीन जाने भएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री आचार्यसहित २० जना सांसद... ...

दरबन्दी खुलाउँदैन, डाक्टर संख्या भने बर्सेनि बढाउँदै सरकार
यो वर्ष देशभर २ हजार ७४५ जना विद्यार्थी एमबीबीएसमा भर्ना हुँदै छन्। चिकित्सा शिक्षा आयोगको असोज ३० गते बसेको २८ औँ बैठकले एमबीबीएसमा ११० सिट थप गर्दै २ हजार ७४५ सिट निर्धारण गरेको छ। सरकारले यस वर्ष चिकित्सा शिक्षातर्फ ४१८ सिट बढाएको छ। जसमध्ये एमबीबीएसमा ११० सिट बढाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले ८४ वटा शिक्षण संस्थालाई ९ हजार ६९१... ...


