काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ जाँदैछ बत्ती ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने कामका लागि आठ दिनसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तार गर्न लागेको हो। त्यसका लागि कात्तिक १३ देखि २० गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् अवरुद्ध हुनेछ। कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् कटौती हुनेछ। कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ। यसैगरी, कात्तिक १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् अवरुद्ध हुनेछ। कात्तिक १८ र २० गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ भने कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् कटौती गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने पनि स्पष्ट पारेको छ। भूमिगत विद्युत् लाइन विस्तारका क्रममा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रका उपभोक्तालाई आवश्यक व्यवस्था मिलाउन प्राधिकरणले अनुरोध गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपाली बजारमा एलजी वाटर प्युरिफायरको लोकप्रियता बढ्दै
काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायरले उपभोक्तामाझ लोकप्रियता हासिल गर्न थालेको कम्पनीले जनाएको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाका कारण यसको बिक्रीले बजारमा राम्रो गति लिएको कम्पनीको दाबी छ। एलजी वाटर प्युरिफायरमा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रीटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर/पोस्ट-कार्बन फिल्ट्रेसनसहितको बहुस्तरीय शुद्धीकरण प्रणाली ...

एन प्याब्सन निलम्बनमा
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । ...

गुगलको सेयर मूल्यमा ऐतिहासिक गिरावट, गुम्यो ५०० अर्ब अमेरिकी डलर
काठमाडौं– अमेरिकी प्रविधि कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर मूल्यमा ऐतिहासिक गिरावट आएको छ । कम्पनीको सेयर मूल्य एकै दिन १३ प्रतिशतले घटेर बन्द भएको हो । सन् २००४ मा सेयर बजारमा सूचीकृत भएयता अल्फाबेटको यो एक दिनको सबैभन्दा ठूलो गिरावट हो । यससँगै कम्पनीको बजार मूल्य करिब ५०० अर्ब अमेरिकी डलर घटेको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणमा निःशुल्क ...

कांग्रेस इतरले महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको छ । महाधिवेशन खुलामञ्चमा हुनेछ भने सहभागीहरूका लागि भृकुटीमण्डपको बगैँचा क्षेत्रमा खानाको व्यवस्था गरिनेछ । त्यस्तै, मतदान राष्ट्रियसभा गृहमा हुनेछ । आगामी मंसिर २१ देखि २३ […] ...


