काठमाडौँ उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यकामा शनिबार ट्राफिक नियम उल्लङ्घन गर्ने ४ सय ७० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको समयमा सवारी नियम उल्लङ्घन गर्ने चालकमाथि कडाइ गरिएको हो। कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९ जना रहेका छन्। यसैगरी, तीव्र गतिमा सवारी चलाउने १ सय १५, सीसी क्यामराको निगरानीमा नियम तोड्ने ४० र ट्राफिक लाइटको रातो बत्तीमा सवारी चलाउने ३७ जनालाई कारबाही गरिएको छ। त्यस्तै, हर्न बजाएर सवारी चलाउने नौ, लेन अनुशासन पालना नगर्ने दुई र ‘वान वे’ मा सवारी चलाउने सात जना कारबाहीमा परेका छन्। अन्य ट्राफिक कसुरमा १ सय ६१ सवारीसाधन कारबाहीमा परेको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले चाडपर्वको अवसरमा सवारी नियम पालना गराउन विशेष निगरानी र कारबाही अभियान सञ्चालन गर्दै आएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सरकारले चार वटा हिमतालको सतह घटाउने
काठमाडौँ । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी बेसिनमा पूर्व सूचना प्रणाली विस्तार गर्ने भएको छ । ऊर्जा मन्त्रालयले जल... ...

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि सरकारद्वारा श्वेतपत्र सार्वजनिक
काठमाडौं।सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गरेका हुन्। यसले नेपालको जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार, हवाई सुरक्षा र विपद् जोखिम न्यूनीकरणमा मार्गदर्शन गर्नेछ। सरकारले ६ वटा प्रमुख नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने र ...

सरकारी वेबसाइट किन बन्द भए ? कहिले खुल्छन् ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
पीएचपीमा कस्तो सुरक्षा जोखिम देखिएको हो ? यसले नेपालका सरकारी तथा वित्तीय सेवामा कस्तो असर पारेको छ ? सरकारी वेबसाइट कहिलेसम्म खुल्छन् ? यस्ता प्रश्नको जिज्ञासा हामीले ५ प्रश्नोत्तरमार्फत् मेटाउने प्रयास गरेका छौं ...

डिएनएको प्रतीक्षामा बित्यो दसैँ
ज्योति पन्थी बबई, कात्तिक ८ गते । गत भदौ १० गते रसुवाको बाढीमा परेर बेपत्ता भएका आफन्तको परिवारले यस वर्षको दसैँ डिएनए परीक्षणको रिपोर्ट पाउने आशामा बिताए । विभिन्न कामका लागि रसुव... ...


